दुबईको ८६ तले अावासीय भवन ‘टर्च टावर’ मा बिहीबार भीषण आगलागी भएको छ।सामाजिक संजालमा पोस्ट गरिएका केही भिडियो फुटेजमा टावरमा ह्वारह्वार आगो लागिरहेको देख्न सकिन्छ।
बिबिसिमा उल्लेख भएअनुसार आगो माथिल्लो तलासम्म पुगिसकेको छ। घटनाको क्षति विवरण नआएपनि त्यहाँ भएका मान्छेहरुलाई भने सुरक्षित बाहिर ल्याइसकिएको छ।
विश्वकै अग्लोमध्येको टावरमा कसरी आगलागी भयो भन्ने कारण यकिन नभएको सम्बन्धीत अधिकारीले जनाएका छन्। आगलागी नियन्त्रणमा आइसकेको र कुनै मानवीय क्षति नभएको दुबई सरकारको संचार शाखाले ट्वीटमार्फत् जानकारी दिएको छ।
११०० सय फिट अग्लो यो टावरमा पछिल्ला दुई वर्षमा दोस्रो पटक आगलागी भएको हो। आवासीय यो गगनचुम्बी भवनमा सन् २०१५ मा पनि आगलागी भएको थियो।
यो भवन सन् २०११ देखि सर्वसाधारणको बसोबासका लागि खुला गरिएको थियो। यो विश्वको ३२ औं अग्लो भवन मानिन्छ।