गैह्र आवासिय नेपाली संघ एनआरएनको आगामी अक्टोबरमा हुने अन्तराष्ट्रिय समन्वय परिषदको आठौं विश्व सम्मेलनमा कतारमा रहेका प्रविण गुरुङले गल्फ संयोजकको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गुरुङले एक विज्ञप्ति जारी गरेर गल्फ संयोजकको पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन। उनी सन् २०१३ देखि १५ सम्ममा गैह्र आवसिय नेपाली संघ कतार राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष थिए। त्यस्तै अघिल्लो वर्ष भएको एनआरएनको चुनावमा उनी गल्फ सह–संयोजक पदमा निर्वाचित भएका थिए।
उम्मेद्वारी घोषणा गर्दै गुरुङले खाडीमा रहेका कामदारका समस्या समाधानका लागि आफू अग्रसर भएको लाग्ने बताएका छन् ।
'विगत मैले आफ्नो कार्यकालका समयमा नेपाली कला सं स्कृतिको रक्षा र विकासका लागि मेरो पहलमा कतारमा कार्यक्रम गर्दै आइरहेको छु' गुरुङले भने, 'खेलकुद तथा नेपालको प्राकुतिक विपतिका वेला राहत संकलन तथा वितरणमा खाडीमा रहेका सबै नेपालीको नेतृत्व गर्दै मैले काम गरिरहेको छु ।'