मलेसियाबाट स्वदेश फर्कनका लागि सरकारले हवाइ भाडादर महँगो बनाएको भन्दै एनआरएनए मलेसियाले ध्यानाकर्षण जनाएको छ।
एक प्रेस विज्ञप्ति जारी गरेर एनआरएनए मलेसियाले वैदेशिक रोजगारीमा गएका कामदारलाई स्वदेश फर्कन आर्थिक भार थपेको भन्दै सरकारको विशेष ध्यानाकर्षण जनाएको हो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान सुचारु गर्दा सरकारले भाडा दर निकै महँगो बनाएको एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए।
अहिले मलेसियाबाट स्वदेश फर्कन चाहने नेपाली कामदारले २ हजारदेखि २५ सयसम्म रिङ्कगिट तिर्नुपर्छ ।
साधारण अवस्थामा मलेसियाबाट नेपाल आएको हजाइ भाडादर ८ सयदेखि १ हजार रिङ्कगिट थियो।
कोभिड कारणले त्यहाँ रहेका कामदार स्वदेश ल्याउने भन्दै सरकारले जहाज चाटर्ड गदा १५ सय रिङ्कगिट तोकेको थियो।
नियमित उडानमा हवाई भाडा चार गुणा भन्दा महँगो गरिएको भट्टराईले बताए।
'नियमित उडान भएपछि सस्तो टिकट पाइएला र स्वदेश फर्कन सहज हुन्छ भन्ने हाम्रो अनुमान थियो, भट्टराईले भने तर, हवाई भाडा त चार गुणाभन्दा महँगो भयो । यस्तो अवस्थामा कामदार कसरी स्वदेश फर्किएलान ।'
चाटर्ड उडानमा भाडा महँगो भएको र सीमित ट्राभल एजेन्सीले मात्र लाभ लिएर काम गरेको भन्दै एनआरएनए मलेसियाले आपत्ति जनाएको छन। मलेसियाबाट स्वदेश फर्कने तयारीमा १५ हजार भन्दा बढी नेपाली छन।