नेपाली श्रमिकहरुको उद्धार एवं सहयोगका लागि ५० हजार रिंगिट करिब १३ लाख ५० हजार रुपैंयाको श्रमिक कल्याणकारी कोष स्थापना गरेका एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईलाई मलेसियन लोकल नेपाली एसोशिएसनले सम्मान गरेको छ।
क्वालालाम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा शनिबार आयोजित कार्यक्रममा मलेसियन लोकल नेपाली एसोशिएसनका अध्यक्ष शंकरबहादुर पौडेलले उनलाई सम्मान गर्दे कदर पत्र प्रदान गरे।
वैदेशिक रोजगारीको प्रमुख गन्तब्यहरुमध्ये एक मलेसियामा कामदारहरुका धेरै समस्या देखिने गरेका छन्। समस्या देखिएपछि उनीहरुको उद्धार एवम सहयोगका लागि भट्टराई एक्कैले सो कोष स्थापना गरेका थिए। कार्यक्रममा मलेसियन लोकल नेपाली एसोशिएसनले त्यहाँ कार्यरत नेपालीले भोग्नु परेको समस्याहरुबारे पनि जानकारी गराएका थिए।
मलेसियामा रहेका श्रमिकहरु समस्यामा परेका बेला उनीहरुको उद्धार एवम उपचार, मृत्यु भएका कामदारदाई नेपाल ल्याउनका लागि स्थापित सो कोषको रकम खर्चिने एनआरएनए मलेसियाले जनाएको छ।