बुद्धिजिबि तथा परोपकारी समाज मलेसियाद्वारा फलामले हात पोलेर घाइते भएका सप्तरीका असोक यादवलाई स्वदेश फर्कन हवाई टिकट उपलब्ध गराएको छ ।
मलेसियाको साआलमस्थित एक स्टिल कम्पनीमा काम गर्दै आएका अशोक आफूलाई कम्पनीको विषयमा केही थाहा नभएको भन्दै फलामले पोलेको हात लिएर दूतावास आएका थिए।
पाँच महिना अघि मात्र मलेसिया आएका उनलाई दूतावासकै प्रतिनिधिले बुद्धिजिबि तथा परोपकारी समाज मलेसियालाई अवगत गराएपछि बुद्धिजीबी तथा परोपकारी नेपाली समाज मलेसियाले पीडितलाई टिकट दिएको समाजका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिए।
अध्यक्ष आचार्यका अनुसार घाइते यादव ३ तारिख अपहरान्ह ४:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता हुँदैछन्।