विश्वमै शक्तिशाली मानिने उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको शिखर वार्ताको लागि भियतनाम प्रस्तान गर्ने मिति तय भएको छ।
आगामी फेब्रुअरी २७ र २८ तारिखमा हुने दोस्रो चरणको वार्ताको लागि किमले आफ्नो यात्रा सार्वजनिक रेल मार्गबाट हुने तय गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
किमले आगामी साताको सुरुवातमै आफ्नो यात्रा तय गर्ने छन्।
उनी आगामी सोमबार दक्षिण पूर्वी राष्ट्रहुँदै आफ्नो यात्रा तय गर्ने बताइएको छ। स्रोतका अनुसार उनलाई रेल यात्रामार्फत चीनहुँदै भियतनाम पुग्न करिब ३ दिन लाग्नेछ। तर, उनको विशेष सुरक्षा ब्यवस्थाबारे केही खुलाइएको छैन।
उनको रेल यात्रा भियतनामको सीमा क्षेत्र दोङ दाङसम्म मात्र हुनेछ त्यहाँबाट उनी हनोई रिसोर्ट (तोकिएको वार्तास्थल) सम्म १ सय ७० किलोमिटर सडक यात्राबाट जानेछन्।
विश्वकै इतिहासमा शक्तिशाली मानिएका नेताहरुले यति लामो दुरी सार्वजनिक सवारी साधन मार्फत तय गरेको सम्भबतः यो पहिलो घटना हुनेछ।
यसपटक किमको यात्रालाई अन्तर्राष्ट्रिय जगतले निकै महत्वका साथ हेरेको छ।
गत वर्ष दुई नेताबीच भएको ऐतिहासिक शिखरवार्ता यता दुवै देशले दोस्रो वार्ताको तयारी थालेका थिए।
यसअघि अमेरिकासँगको पहिलो चरणको वार्ता सिंगापुरमा भएकोथियो।