विश्वका बिकसित राष्ट्रमध्ये दक्षिण कोरियाको आत्महत्या दर उच्च रहेको एक तथ्यांकले देखाएको छl
स्वास्थ्य कल्याण मन्त्रालय तथा राष्ट्रिय बिमा संस्थानले गरेको अध्ययन अनुसार सन् २०१६ मा मात्र कोरियाको आत्महत्यादर २५.८ रहेको छ।
बिगतका वर्षको तुलनामा यो दर केही कम हो। सबैभन्दा धेरै सन् २००९ मा मृत्यु भएका मध्ये ३३.८ प्रतिशत मृत्यु आत्महत्याको कारण भएको थियो।
यो आंकडा आर्थिक विकास तथा सहायता संस्था (ओइसीडी) का राष्ट्रहरु मध्येमा सबैभन्दा उच्च हो। जबकी ओइसीडीका राष्ट्रको औसत आत्महत्या दर ११.६ मात्र छ।
त्यस्तै दोस्रो स्थानमा रहेको लेटभिया र स्लोभेनियाको आत्महत्या दर १८ .१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। त्यसैगरी तेस्रो स्थानमा रहेको जापानको आत्महत्या दर १६ .६ प्रतिशत छ। हंगेरीको १६.२ तथा बेल्जियमको आत्महत्या दर १५.८ छ भने सबैभन्दा कम टर्कीको २.१ प्रतिशत मात्र छ।
तथ्यांकअनुसार ओइसीडीका राष्ट्रको औसत आत्महत्या दरमा सन् १९८५ देखि कम हुँदै आइरहेको छ भने कोरियाको आत्महत्या दर सन् २००० देखि २०१० सम्म सबैभन्दा उच्च छ।