दक्षिण कोरियाको यो वर्षको जी.डी.पी अर्थात कुल ग्राहस्थ उत्पादन प्रति ब्याक्ती ३० हजार हजार अमेरिकी डलरभन्दा बढी देखिने कोरियाको अर्थ मन्त्रालयले अनुमान गरेको छ।
मन्त्रालयको गत बिहिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्षको जी.डी.पी २९ हजार ७ सय ४४ डलर थियो भने यो वर्ष ३१ हजार ८ सय ६२ डलर पुग्न सक्ने अनुमान गरेको छ।
त्यस्तै, सन २०१८ मा राष्ट्रको जी.डी.पी ३.६% ले बढ्न सक्ने अनुमान पनि अर्थ बिभागले गरेको छ।
मन्त्रालयले गरेको अनुमानको आँकडालाई हेर्दा कोरिया एशिया प्यासिफिक क्षेत्रमा तेस्रो देश हुनेछ भने कुल ग्राहस्थ उत्पादन ३० हजार डलर हुने जापान, अष्ट्रेलिया एवम् आर्थिक र विकासको संगठनका सदस्य देशहरु पछिको ९ औ अंकमा पुग्नेछ।
सन् २०१९ सम्म प्रति ब्यक्ति कुल ग्राहस्थ उत्पादनमा ३३ हजार ७ सय ५५ डलर र सन् २०२३ सम्ममा ४० हजार डलर पुर्याउने कोरिया सरकारको लक्ष्य रहेको छ ।
जी.डी.पी एक निश्चित अवधिमा सामान्यतया एक वर्षमा उत्पादित बस्तु तथा सेवाको कुल मूल्य हो।