जापानमा पहिलो पटक सेलेब्रिटीको लागी इन्टरनेशनल अवार्ड आयोजना हुने भएको छ ।
इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी, सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न गर्न लागेको हो ।
लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले ब्यानर सार्वजनिक गर्दै अवार्डको घोषणा गरेको हो । डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड दिइनेछ ।
विश्वकै सबै भन्दा व्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठुलो साँस्कृतिक कार्यक्रम बिच अवार्ड हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताए ।
अवार्डमा नेपालबाट नयाँ पुराना ख्याती प्राप्त कलाकारहरुलाई टोकियोको एकै स्टेजमा जमघट गराउने आफूहरूको तयारी रहेको उनको भनाइ छ।
अवार्ड शो पपुलर अवार्डका रूपमा गर्न लागिएको हो ।
‘सुर्य इन्टरनेशनल अवार्ड’ नाम दिइएको अवार्डमा नेपाली चलचित्र र संगीततर्फ १२ विधामा नोमिनेसन छनोट गरि अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ ।
सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा अवार्ड हुनेछ ।