भारतमा मंगलबार बिहानदेखि लोक सभा निर्वाचनको मतगणना भइरहेको छ।
मंगलबार साँझ सात बजेसम्मको परिणामअनुसार भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ।
अहिलेसम्म एनडिएले ११७, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ७५ र अन्य दलले १० सिट जितेका छन्।
एनडिए १७५, इन्डिया गठबन्धन १५८ र अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन्। लोक सभा ५४३ सिटको हो।
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।