बेल्जियमको स्थानिय निकायको चुनावमा नेपाली उम्मेदवारहरुले प्रतिस्प्रधा गर्दै छन्।आगामी अक्टोबर १४ तारीख हुन गइरहेको चुनावमा ८ बेल्जियमका विभिन्न सहरहरू बाट गरेर ८ जना चुनावी मैदानमा उत्रेका हुन।उनीहरुलाई यहां रहेका ५ ओटा राजनैतिक दलहरुले आफ्नो उम्मेदवारको रुपमा मैदानमा उतारेको छ।
सबै भन्दा बढी नेपाली उम्मेद्वार लुभेनमा सहरबाट रहेका छन्।जसमा ५ ओटा राजनैतिक दलबाट ५ जना उम्मेदवार रहेका छन्।लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको सोसलिस्ट पार्टी एस पी अाले सूर्य ढकाललाई उमेदवार बनाएको छ भने अर्का राष्ट्रिय पार्टीहरू सी डी एंड भीले रश्मी निरौला र ग्रीन पार्टीले बलीराम झालाई उमेद्वार बनाएको छ। त्यसै गरेर आप्रवासीको आँखामा अलि खराब पार्टीको रुपमा दर्ज भयको एन भी आले कृष्ण क्षेत्रीलाई अगाडि सारेको छ। श्रमिक वर्गको पार्टी भनेर चिनिने पी भी डि एले डिल्लीराम भण्डारीलाई उम्मेद्वार बनाएको छ।
बेल्जियमको अर्को सहर आन्तरप बाट लिला शर्मा मानन्धर लाई सी डि एंड भी पार्टीले आफ्नो उम्मेद्वार बनाएर चुनावी मैदानमा अगाडि सारेको छ।सोही पार्टीले विलरीक सहरबाट श्याम श्रेष्ठलाई उम्मेद्वार बनाएर चुनावी प्रचार प्रसार तिव्र बनाएको छ।
अर्कोतर्फ बेजियमकै प्रमुख पर्यटकीय शहर मानिने ब्रूज़ बाट एक जना नेपाली युवक चुनावी मैदानमा छन्।उनलाई एन भी आ पार्टीले उम्मेद्वार बनाएको हो। सम्भवत उनी सबैभन्दा कान्छा उम्मेद्वार रहेका छन्।
यहाँको स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका सबै नेपाली राजनीति तथा संघसंस्थामा उत्तिकै सक्रियता का साथ लागिपरेका व्यक्ति हुन् ।श्याम श्रेष्ठ नेपाली कलाकारिता क्षेत्रमा लागिपरेका व्यक्ति हुन।लीला शर्मा मानन्धर ,बलिराम झा,कृष्ण क्षेत्री,सूर्य ढकाल बेल्जियम स्थित नेपाली कांग्रेसको राजनीतिमा प्रचलित नाम हो।रस्मी निरौला विगतमा काठमाडौंको सेन्ट जेभियर अध्ययनरत विद्यार्थी हुन् भने यहाँको बेल्जियम समुदायमा उत्तिकै सक्रिय पनि रहेकी छिन्।डिल्लीराम भण्डारी नेकपा माओवादीको राजनीतिमा सक्रिय नाम हो भने कुशल श्रेष्ठ विद्यार्थी हुन।
बेल्जियमको निर्वाचनमा उठेका नेपालीहरुले चुनाव जित्न सक्ने आधार भने छैन।नेपाली नेपाली बीचको प्रतिष्प्रधा ले उत्तिकै स्थान पाएको छ भने नेपाली मतदाता बढी भय पनि उचित जानकारी नपुग्दा मतदाताको संख्या भने उल्लेख्य छैन। सबै नेपाली मिलेर गएको खण्डमा लुभेनमा मात्रै ५ मध्य एक उम्मेदवारले जित्न भने सक्ने देखिन्छ। तर यसको लागि कुनै गृह कार्य भने भयको देखिँदैन।
"मलाई एन भी आ पार्टीले आफ्नो उम्मेद्वार बनाएर उठाएको छ।म यसमा एकदम खुसी छु।चुनाव जित्ने भन्दा पनि आफूले केही सिक्न पाएको छु भने पार्टीका व्यक्तिसँग राम्रो चीनाजानी र सम्पर्क बढाउन मलाई सहयोग गरेको छ।""कान्छा उम्मेद्वार कुशल श्रेष्ठले भने"नेपाली सबै मिलेर सहयोग गर्ने हो भने मैले चुनाव जितेर यहाँको नगरपालिकामा मेरो स्थान रहने थियो।जुन हामी सबै नेपाली र नेपालको लागि गर्व गर्न लायक हुनेछ।'
उम्मेद्वार बन्नु र बन्न पाउनु आफैमा सफलता देखिन्छ।तर भाषाको पूर्ण ज्ञानको अभाव धेरै उम्मेदवारमा देखिन्छ। यहाँको राजनीतिमा सक्रिय भयर लागेमा भोलिका निर्वाचनमा थप सेतु बन्ने काम यो निर्वाचनले उचित सहयोग गर्नेछ।