न्यू इंग्ल्याण्ड फलः इंग्ल्याण्डमा अवस्थित यस तालमा रहेका रूखका रंगिन पातहरू गरगहना सजाइएको बाकसजस्तै देखिन्छन्। सुन, चाँदी र अन्य रत्नहरूको सजावट जस्तो देखिने यसका रूखका पातहरूको रंग वर्षेनी फेरिएको जस्तै देखिन्छ।
एनुअल अम्ब्रेला स्काइ, पोर्चुगल : इसाई धर्मगुरु पोपबाट सन् २०११ मा उद्घाटन भएको यस कला सर्वप्रथम एगेउडा कला महोत्सवमा प्रस्तुत गरिएको थियो। पोर्चुगलको यस इलाकामा गृष्मयाममा छाताहरूको यो मनमोहक कला देखाइने गरिएको छ।
झान्सी डान्जिया, चीन : इन्द्रेणीजस्ता देखिने यी झान्सी डान्जियाका हिमालहरू रंगले पोतिएको जस्तो देखिन्छन्। यी वास्तविक भिराला पहाडहरूमा रातो, नीलो, हरियो र पँहेलो रंगको सुन्दर सजावट देख्न सकिन्छ।
डानाकिल डिप्रिसन, इथियोपियाः अफ्रिकी राष्ट्र इथियोपियामा रहेको यस क्षेत्रलाई विश्वकै सबैभन्दा जटिल वातावरणीय स्थानको रुपमा लिइन्छ। यहाँ उच्च तापक्रमसहित ज्वालामुखीका लाभाहरू, एसिडयुक्त पानी र विषालु बादलका तह रहेको छ। जुन दृश्य निकै अनौठो देखिन्छ।
एरिजोनाको रंगीन मरुभूमि : सूर्यले आफ्नो प्रकाश छर्दै अघि बढ्दा यस रंगीन मरुभूमिको माटो र चट्टानी ढुंगाको रंग फेरिएको देखिन्छ। अमेरिकाको यस क्षेत्रको दृश्य साँच्चै मनमोहक छ।
कुलुसुक ग्रीनल्याण्ड : ग्रीनल्याण्डको यस स्थानमा हिउँका ढिक्कासँगै रहेको गाउँ अत्यधिक सुन्दर देखिन्छ। गाउँको अगाडि रहेको सागरमा जमेका यी हिम चट्टानहरूले घरहरूलाई चम्किलो बनाएका छन्।
रियो दि जेनेरियो, ब्राजिल : ब्राजिलको पूर्व राजधानी समेत रहेको यस स्थानमा घरहरूलाई फरक तरिकाले रंगाइएको छ। टाढाबाट यस सहरलाई हेर्दा इन्द्रेणीको स्वरूपमा देख्न सकिन्छ।
सेण्ट जोन्स न्यू फाउण्डेडल्याण्ड: ७० दशकको उत्तरार्धमा सेण्ट जोनस्थित सुस्त भिक्टोरियन पंक्तिका घरलाई जीवन्त रूपमा रंगाइएको छ। यसको श्रेय सन् १९७० मा भएको सम्पदा आन्दोलनलाई जान्छ।
भारतीय निकुञ्ज फूलहरू : भारतको पश्चिम हिमालय क्षेत्रमा फूलेका एले प्रजातिका फूलहरू। हिन्दु शास्त्र अनुसार यो ठाउँलाई पवित्र भूमिको रूपमा लिइन्छ।
डेमनोएन फ्लोटिङ मार्केट, थाइल्याण्ड : बैंककको सबैभन्दा लोकप्रिय अस्थायी बजार जहाँ थाइल्याण्डको अतितको एक रंगीन झलक देख्न सकिन्छ।
तस्बिरहरू: सीएनएनबाट