अफगानिस्तान स्थित दुइवटा शिया मस्जिदमा भएको आत्मघाती बम हमलामा कम से कम ५० जनाको मृत्यु भएको छ। आक्रमणमा परि करिव ७० जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले बताएका छन। पहिलो बम हमला पश्चिमी काबुलमा भएको थियो भने दोश्रो हमला घोर को मध्य प्रांतमा भएको थियो।
पहिलो आत्मघाती बम हमला पश्चिमी काबुल स्थित एक शिया मस्जिदमा भएको बताइएको छ। उक्त पहिलो हमलामा करिव ३० जनाको मृत्यु भएको छ। उक्त पहिलो आक्रमणमा ४५ जना घाइते भएको अफगानिस्तानको गृह मंत्रालयले जनाएको छ।
जनरल अलीमस्त मोमांदले बताए अनुसार आक्रमणकारी पैदल आएका थिए दश्ती बर्च इलाकामा पुग्ने बित्तीकै आत्मघाती बम बिष्फोट गराएका थिए।
हमलामा कुनै पनि आतंककारी संगठन संलग्नता नरहको सरकारी अधिकारीहरुले बताएका छन। त्यस्तै घोरको मध्य प्रांतमा भएको दोश्रो हमलामा अन्य २० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन। 'एक स्थानिय नेतालाइ टारगेट बनाएर आक्रमण गरिएको संका हामीले गरेका छौ।' प्रांतका पुलिस प्रवक्ता इकबाल नाजमीले बताएका छन।