संसारभर हामी त्यस्तो समाज, राजनीति वा संगठनको कल्पना पनि गर्ने सक्दैनौ जहां शक्ति र प्रतिष्ठाको लागि धन खर्च नहोस। भनिएका, लेखिएका इमान्दारीता र सिद्दान्तका वोली र कितावका ठेलीहरु व्यवहारमा उतार्नको लागि निकै कठिन छ। प्रसंग गैरआवासिय नेपाली संघको। सर्व प्रथम संगठन संग जोडेर विदेशमा रहेका सवै नेपालीहरुलाई एउटै चस्मावाट हेर्नु गलत हो। दोष र गुणको हिस्सेदार संघ भित्र अटाएकाहरु नै हुन्।
विश्वभर छरिएर रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपालीहरुको आठौ सम्मेलन काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ। स्टार होटमा तामझामका साथ सम्पन्न सम्मेलनले नयां कार्यसमिती चयन गरेको छ।
गैरआवासीय नेपालीहरुको सम्मेलन शुरुहुनुपुर्व नै आरोपको शिकार बन्यौ।
विदेशका बसेका नेपालीहरुलाई ज्यादै तल्लो लेवलमा रहेर गाली गलौज गर्नेहरु सामाजीक सञ्जालमा रातदिन व्यस्त रहे। गैर आवासीय नेपालीहरुको संगठन आफैमा अलोकप्रिय, जातीय विखण्डनकारी, राष्ट्रप्रति अनुत्तरदायी देखाउने प्रयासहरु भए यी आफैमा विरोधाभाष थिए र हुन् पनि । संगठनले तमाम् विदेशिएका नेपालीहरुको प्रतिनिधीत्व गर्न सक्दैन भन्ने हेक्का राख्नु जरुरी छ। अर्को तीर कुनै व्यक्तीको इष्र्या सिग्गो संगठन हुनै सक्दैन।
हामी यस्तो संस्कारवाट अभ्यस्त भयौ कि कसैलाई गाली नगरी आफुमाथी जानै सकिदैन त्यसैले गाली गर्नै पर्छ। हो एनआरएन धनीहरुको संस्था बन्यौ यसमा दुईमत छैन। काठामाण्डौको स्टार होटलमा करौडौ रुपैया खर्च भयो। उम्मेद्वार किनमेल भयो। एनआरएनका पदाधीकारीमाथी मानबतस्करको आरोप लाग्यो। प्रहरीले पक्राउ गर्यो। होटलमा वियर, वीस्कीको वोटलहरु फोरीए। पदको लागि यी र यस्ता हर्कतहरु भए। यो साचो हो। यसको विरोध गरौ। यति भन्दै गर्दा एनआरएनले विश्वमा रहेका नेपालीहरुलाई एकताको मालामा गास्न गरेको प्रयासलाई ओझेलमा नपारौ।
वृदाक्ष्मको भवन, ग्रामिण भेगमा एम्बुलेन्स सेवा, परोपकारी क्षेत्रमा लगानी, भुकम्पपीडीत, वाढीपिडितलाई गरिएको सहयोग , सामुहिक लगानीको अवधारणा। लाई विर्सन खोजीयो भने एनआरएनको अवहेलना हुनेछ। नेपालमा भुकम्प जादां, वाढी पहिरो जादां तपाई जो नेपालमा बस्नु भएको छ तपाईको जत्तिकै मन हाम्रो पनि दुख्छ। मन तपाईको भन्दा बढी दुख्ला तर कम दुख्दैन। विदेशमा बस्नले के देशको चासो लिएको भन्ने तपाईहरुको जिज्ञाशाले दुख मात्र होईन मुटु छिया छिया हुन्छ। तपाई नेपाल बसेर हेर्दा हामीलाई सुखी देख्नु हुन्छ हामी यहांवाट हेर्दा तपाईलाई संसारकै भाग्यमानी ठान्छौ जो स्वर्ग जस्तो देशमा बस्नु भएको छ।
त्रिभुवन एयरपोर्टमा कोर्ट पाइट, कालो चस्मा लगाएर मातृभुमि आउने नेपालीहरु सवै धनी हुदैनन्। विदेशमा भाडा माझेर, फोहोर सफा गरेर कमाएको पैसाले घर परिवार धानेको छ। महिनावारी लोन तिरेर चलाएका आईफोन र आइप्याडको आधारमा सबै गैर आवासीय नेपालीहरु धनी हुदैनन्। ती सामान्य मजदुरी गरि रातदिन खटिएका नेपाली दाजुभाईलाई गाली गर्नु तपाईहरुको महानता हुदै होइन। लाखौमा दुई,चार जनाले वद्मासी गरे भन्दैमा तपाईले लगाउने आरोप आफैमा अदुरदर्शी र वालापन हो।
अमेरीका, युरोप, अष्ट्रेलिया, जापानहोस वा खाडी मुलुक रातदिन पसिना बगाएर वचाएको केहि पैसा नेपालको परोपकार क्षेत्रमा लगानी गरेका नेपालीहरु प्रसस्तै भेटिन्छन्। विदेशमा बसेर राष्ट्रको चिन्ता गर्ननै नपाउने कहां लेखिएको छ। आफुलाई नेपाली हु भन्ने कुनै पनि व्यक्तीलाई अब त नेपाली होइनस भन्ने नैतिक अधिकार कसले दियो तपाईहरुलाई जो गैर आवासीय नेपाली देख्दा वित्तीकै आफ्नै देश फर्केर जा भन्नु हुन्छ। के राष्ट्रियता, मातृभुमी प्रतिको माया पनि अव प्रमाणीत गर्नुपर्ने समय आएको हो र? मातृभुमी प्रतिको सद्भाव लगानी बोर्ड र रेमिटेन्सले मापन गर्ने हो र?
एनआरएनका अभियान्ताहरुले संसारभर छरिएर रहेका नेपालीहरुलाई एकजुट बनाउने प्रयास गरे। त्यो प्रयास अझै सकिएको छैन। यसलाई मजवुत बनाउनको लागि पछिल्लो पुस्ताले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्। विदेशमा रहेका सम्पुर्ण नेपालीहरुले आफुलाई संसारको जुनसुकै स्थानमा रहे पनि आफुलाई स्थापीत गराउनको लागि सर्घषरत छन्। देश छोडेर आइसके पछि प्राय सबै नेपालीको पहिलो प्रयास नै यहि हो। जुनसुकै स्थानमा रहे पनि उसको राष्ट्रियता नेपाली नै हो। मातृभुमी नेपाल नै हो। यसको कसैको दुईमत छैन। यसमा शंका नगरौ। विदेशमा नेपालीले प्राप्त गरेको सफलता को श्रेय नेपाललाई पनि जान्छ। विदेशमा गरेको वद्मासीले राष्ट्रको बेइजत् हुन्छ। तसर्थ नेपालीहरु संयमहुनु अर्काे पाटो हो।
हरेक गैर आवासीय नेपालीले देशको विकासको लागि महत्वपुर्ण भुमीका निर्वाह गर्न सक्छ। विदेशमा पाएको सफतालाई स्वदेशमा कार्यन्यन गर्न सक्छ। सानो सानो हिस्सामा उसको उपस्थितीले अर्थ राख्ने गर्छ। राष्ट्र निर्माणको सशक्त वाटोमा विदेशिएकाहरुको अनुभव र सफलताले मार्ग निर्दश गर्न सक्छ।
विदेशीनु रहर नभई वाध्यता हो। त्यहि वाध्यताको उपजहो विदेशिन। यसरी विदेशियका पचास लाख भन्दा बढी युवाहरुले मातृभुमी प्रति देखाएको सद्भावलाई खोक्रो राष्ट्रवादको उपमा दिन मिल्छकी मिल्दैन ? मानव विकासको युगमा संभावनाको खोजी गदैै संसारको कुना कुनामा पुग्नु के अपराध हो र? पक्कै होइन। नेपाली युवाहरुलाई विश्व श्रम वजारमा पठाएर रेमिट्यासको धाक लगाउने नेपालको राज्य संयन्त्र दोषी हो की होइन? युवालाई नेपाल फर्काउनका फरै जाओस वाकसमा आएको उसको शव व्यस्थापन गर्न हिचकिचाउने सरकारी संयन्त्र विरुद्द चुइकक नवोल्नेहरु को जमातले विदेशिएकाहरुलाई दोष दिन मिल्छ र?
एनआरएनए लाई आग्रह गैर आवाशिय नेपाली संघ संसार भर छरिएर रहेका नेपालीहरुको छाता संगठन। त्यो छाता जसले अभिवाभकको भुमिका निर्वाह गर्छ। नेपालीलाई विदेशमा हुने गरेका दुख पीडाको साथी। मार्ग निर्दश गर्ने नेपालीहरुको थलो। सामान्य नेपालीले बुझ्ने एनआरएन यहि हो। यो भन्दा बढी परिभाषा होला विधानमा त्यता तिर नजाउं। यहि एनआरएन अहिले राजनिती भर्ती केन्द्र बनेको छ।
गुण्डागर्दीको कुस्ती खेल्ने ठांउ बनेको छ। संसारका ७८ देशमा फैलिएको संघले नेपालीका समस्याहरु पहिचान गरि तिनको प्रभावकारी समधानको प्रयास खै कहां गर्यौ? संघको नाममा मौलाएको मानब तस्करको चपेटामा परेका नेपालीहरुको आवाज कहां सुनियो? अरवमा जेलमा जिवन विताएका निर्दाेष नेपालीको पक्षमा खै कहां बोलीयो। अरव , अफ्रिकामा बेचिएका चेलीहरुको दर्दनाक अबस्था वारे खै कहिले चासो दियो संघले।
संघ त हुने खाने बर्गको हो होइन भने युरोप, अमेरीका, जापान अष्ट्रेलिया जस्ता मुलुकामा बसेवास गर्ने सबै नेपालीहरु किन छाता संगठनमा समेट्न सकिएन। यसको जवाफ खोज्ने बेला आएन र? मिडियामा व्यानर न्युज बनाउदै गर्दा पत्रकार साथीहरुले एक पल्ट यसको यसको स्थापनाको उदेश्य वारेमा ध्यान दिने वेला आएको छ। हुन त धुमधामका साथ सरकारी खर्चमा नयां दुलही सिगारिए झै काठमाण्डौको कुनै स्टार होटलमा टाई सुटमा चिल्लो गाडीमा आउने एनआरएनहरुलाई स्वागत गर्यो काठमाण्डौले।
हाल सम्म भएका कामहरु र भविश्यका चुनौती प्रति खै एनआरएन को दृष्टिकोण। प्रत्यक्ष वा परोक्षरुपमा राजनितीको शिकार भएको बर्तमान एनआरएनले भविश्यमा राजनीतीक चासो नभएका नेपालीहरुको समस्यालाई सम्बोधन गर्ने कार्यदिशा देखिदैन। विदेशमा रहेका नेपालीहरुलाई एउटै मालामा गासेर नेपालीपनको आभाष हुने कार्यक्रमको आवश्यक छ। कसको लगानी,कोधनी,कसको पैसा, को ठुलो देश,को सानो देश,को कामदार,को विधार्थी,को पीआर धारी,को व्यवसायी,को ज्यालादारी, को घण्टाधारी, छोडीदेउ यी सबै कुरा अनि एक आखांले हेरौ हामी सबै नेपाली।
छरिएर रहेका सबै नेपालीहरुलाई जव सम्म एउटै सुत्रमा वाध्न सकिदैन तव सम्म तारे होटमा रेडकार्पेट बिछ्याएका कार्यकार्यमा गरिने भाषणको अर्थ छदै छैन। तमाम वाध्यताले विदेशीयका सामान्य नेपाली नागरिकहरु माथी भएको थिचो मिचो, अन्याय, अत्याचारको विरुद्दमा वोलीदिने एनआरएन चाहिएको हो हामीलाई। जातीय,क्षेत्रीय,राजनीति आधारमा होइन वोल्न नसक्ने, न्याय नपाए र कालकोठरीमा बन्द भएका नेपाली चेलीहरुको आवाज सुनिदिने एनआरएन चाहिएको हो हामीलाई। मानब तस्करमा परेर उठिवास भएका नेपालीहरुको घाउमा मलम लगाईदिने एनआरएन चाहिएको हो हामीलाई।