कडा सुरक्षा व्यवस्थाका साथ चिनियाँ कम्युनिस्ट पार्टीको अाजदेखि बृहत अधिवेशन बेइजिङमा सुरू भएको छ। राष्ट्रपति एवं पार्टीका उच्च नेता समेत रहेका सी जिङ पिङले उक्त कार्यक्रमलाई सम्बोधन गरेका छन्।
[caption id="attachment_97601" align="alignnone" width="624"]
तस्बिर:बीबीसी न्यूज[/caption]
अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले समाजवादसहितको चिनियाँ भूगोल अनुकूल विकास गरेर आजको स्थितिमा आइपुगेका हौँ। यसकै जगमा टेकेर हामीले अझै शक्तिसम्पन्न राष्ट्र बनाउनुपर्छ। हामीले अर्को पराराष्ट्र नीति तत्काल अंगाल्ने निर्णय पनि लिनु हुँदैन।’
हरेक पाँच वर्षमा हुने यस सम्मेलनलाई चीनमा विशेष महत्त्वका साथ हेरिन्छ। यसले आगामी नयाँ नेतृत्व र नीति कार्यक्रम तय गर्ने प्रावधान छ।
यस बृहत अधिवेशनमा भाग लिनका लागि चीनका विभिन्न भागबाट प्रतिनिधि नेताहरू उपस्थित भएका छन्। वर्तमान राष्ट्रपति सी सन् २०१२ मा यसै बृहत अधिवेशनपछि नेतृत्वको शिखरमा पुगेका थिए।