भारतीय किशोरी आरुषी तलवार र नेपाली नागरिक हेमराज पाण्डेको हत्यामा मुछिएका आरुषीका आमाबाबु रिहा भएका छन्।
सन् २००८ मे महिनामा लाहवादमा भएको उक्त घटनामा हत्याको अभियोग लागेर जेल सजाय भोगिरहेका दम्पती राजेश र नुपूर तलवारलाई बिहिबार अदालतले रिहाईको आदेश दिएको हो।
राजेश–नुपूरको जोडी उत्तर प्रदेशस्थित दसना कारागारमा आजीवन कारावासमा रहँदै आएका थिए। २०१३ को नोभेम्बरमा उनीहरूलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारावासको सजाय दिएको थियो।
अनुसन्धान विभागले गरेको अनुसन्धानले राजेशको जोडी विरूद्ध यथेष्ट प्रमाण जुटाउन नसकेको र घटना अझै शंकाको घेरामा रहेकोले उनीहरूलाई जेलमुक्त गरिएको अदालतले बताएको छ। उनीहरू जेलमुक्त भएपनि अझै अनुसन्धानको दायरा भित्रै रहने पनि अदालतले जनाएको छ।
सन् २००८ मे १६ मा आफ्नै घरको छतमा चौध वर्षीया छोरी आरुषी तलवारको लाश भेटिएको थियो। त्यस्तै भोलिपल्ट घरमा काम गर्ने नेपाली नागरिक हेमराज पाण्डेको हत्याको आरोप पनि उनीहरूलाई लागेको थियो। दुवै मृतकको लाश उनीहरूकै घरमा भेटिएको थियो। घटना रहस्यमय साथै तत्कालीन प्रमाण नभएकाले यो मुद्दा लम्बिएको बताइएको छ।