८.१ रेक्टर स्केलको शक्तिशाली भुकम्पको गएको २ सातापछि मेक्सिको सिटीमा फेरि अर्को भूकम्प गएको छ। मंगलबार दिउँसो गएको ७.१ रेक्टरस्केलको भूकम्पमा कम्तिमा ४२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको मेक्सिको सिटीस्थित स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्।
घर तथा स्कुल भत्केर मृत्यु हुनेहरुको संख्या बढी हुन सक्ने समेत अधिकारीहरुले बताएका छन्। मेक्सिकोका गभर्नर अल्फेडो डेलमाजोले बताए अनुसार ठुला घरहरु भत्केका कारण केही मानिसहरु भित्र रहेको हुनसक्ने बताएका छन्।
गएको २ साताअघि सेप्टेम्बर ७ मा मेक्सिको सिटीमा गएको भूकम्पमा परी मर्नेको संख्या ९८ पुगेको थियो। सो भूकम्प लगत्तै मेक्सिकोमा कम्पनहरु दोहोरीरहेका छन्।