विश्व माझ पर्वतारोहणमा ख्याती कमाउन सफल शेर्पाहरु विभिन्न जिल्ला हुदै काठमाडौबाट विश्वका विभिन्न देशहरुमा पुगेका छन। उनीहरु जहा पुगेपनि आफनो भाषा, धर्म र सस्कृति संरक्षणमा जुटदै आएका छन। परिवर्तिन समयसंगै आफनो पहिचान जोगाउन तल्लिन उनीहरु विश्वभरि संगठित भएर मौलिक पहिचानलाई जोगाउनका लागी यही अक्टुबरको ८ र ९ मा काठमाडौमा प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलन हुने भएको छ।
‘बसाईसराईसंगै दिनुह विर्सदै गएको मौलिक भाषा, सस्कृतिको संरक्षण र समाजमा देखिएको विकृति हटाई विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादनकै प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलन आयोजना हुन लागेको हो’ विश्व शेर्पा सम्मेलन तदद्र्ध समितिका संयोजक तथा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाले भने—‘गाउ छोडेर शहर र विदेश जाने क्रममा हामीहरुले दिनहु आफनो मौलिक भाषा र सस्कृतिहरु विर्सदै गएको अवस्था छ। यो विदेशमा मात्र होइन काठमाडौमा बस्नेहरुको पनि उही हालत भइरहेकोले अबको पुस्तालाई मौलिक पहिचानलाई जोगाउनका लागी यो सम्मेलन गर्न लागेको हो’। उनका अनुसार समाजमा पछिल्लो समय धार्मिक र सास्कृतिक क्षेत्रमा देश परेको विकृतिलाई हटाएर समुदायमा दक्ष जनशक्ति उत्पादनसंगै मातृभुमी नेपाल र शेर्पा समुदायको सुखदुखमा एउटै प्लेटफर्म मार्फत सहयोग गरौ भन्ने सम्मेलनको मुख्य उद्धेस्य रहेको छ।
‘हाम्रो समुदायको हितसंगै मातृभी नेपालको सघाउन र एनआरएनको अन्तराष्ट्रिय सम्मेलनलाई साथ दिनका लागी पनि अक्टुबरको ८ र ९ मा कार्यक्रम राखेको अध्यक्ष शेर्पाले बताए। यो सम्मेलन गर्ने भनेर ८ वर्ष अघिदेखिनै नेपालमा रहेका शेर्पा अगुवाहरु र विश्वमा रहेका विभिन्न सस्थाहरुको अगुवाहरु वीच अनौपचारिक छलफलहरु गदै आएका थिए।
वर्षनी हुदै आएको छलफलपछि सन २०१५ को डिसेम्बरमा विभिन्न १७ देशको प्रतिनिधिहरु वीच भएको स्काइप कन्फेरेन्स कलको बैठकको निर्णय अनुसार बनेको विश्व शेर्पा संघ तर्दथ समितिले यो सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार त्यही निर्णय अनुसार पहिलो सम्मेलन नेपालमै गर्ने निर्णय गरी शेर्पा संघको अध्यक्ष आङदोजी शेर्पा लामाको संयोजकत्व तथा युरोप शेर्पा संघको अध्यक्ष आङ पुला शेर्पाको सहसंयोजकत्वमा तथा विभिन्न देशहरुको संघ सस्थाहरुको अध्यक्षहरु सदस्य रहने गरी विश्व शेर्पा संघ तदर्थ समिति गठन गरेका हो।
समितिमा तत्कालिन शेर्पा किदुगका अध्यक्ष दावा जाङबु शेर्पालाई आर्थिक संयोजक, तत्कालिन महासचिव आङ जाङबु शेर्पालाई सदस्य सचिवमा राखिएको थियो भने युरोप शेर्पा संघको अध्यक्ष्ँ सोनाम शेर्पालाई आर्थिक सहसंयोजक राखे अनुसार सम्मेलन तयारीको शुरुवात भएको थियो। विश्वभरिकै शेर्पाहरुको पहिलो सम्मेलन भएकोले यो सम्मेलनमा २० मुलुकमा रहेको शेर्पा किदुग तथा संघ सस्थाहरुबाट करिब डेट सय जति उपस्थिति हुने भएको छ। त्यस्तै नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमिति, जिल्ला शेर्पा संघका प्रतिनिधिहरु (२ जना (हरेक जिल्लाबाट), त्यस्तै काठमाडौमा रहेका शेर्पा संघको भातृ संघ सस्थाहरुबाट ५ जना (हरेक संघ सस्थाहरुबाट), काठमाडौमा रहेका विभिन्न जिल्ला तथा गाउको किदुगहरुबाट ३ जना (हरेक किदुगहरुबाट) , धर्म गुरुहरु, कलाकारहरु र अन्य बिशेष बुद्धिजीविहरु, ब्यवसायीहरु लगायत गरि करिब ३ सय हाराहारीमा प्रतिनिधिहरुको उपस्थिति हुने भएको छ।
प्रधानमन्त्रिबाट उदघाटन हुने सम्मेलनको बेलुकी सास्कृतिक कार्यक्रम सहित रात्रीभोज हुने छ दोश्रो दिन शेर्पा गुम्बा (शेर्पा सेवा केन्द्र) को हलमा विभिन्न विषयहरुमा सम्बन्धीत क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरि कार्यशाला गोष्ठि गरि समाजमा धर्म,सस्कृति र परम्परामा देखिदै आएको विकृति र विसंगतिहरुलाई कसरी निरुत्साहीत गर्ने, देशविदेशमा लगानीको अवसर कसरी सृजना गर्ने र मातृभुमी नेपालमा शेर्पा लगायत अन्य समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि व्यापाक छलफल गरिने उनले बताए।
सामुहिक रुपमा गरेको छलफलकै आधारमा सम्मेलनको अन्तमा घोषणा पत्र जारी गर्नुको साथै तदर्थ समितिले तयार पारेको मस्यौदा विधानलाई छलफल गरि आवश्याक परिमार्जन सहित पारित गरि विश्व शेर्पा संघ शेर्पा गठन गरिने भएको छ। शेर्पा संघको अध्यक्ष तथा सम्मेलनको संयोजकले आफनो कार्यकालमा ४ करोड मुल्य पर्ने भवन खरिद गर्नुको साथै प्रथम ऐतिहासिक सम्मेलन गर्न लागेका छन। ‘शेर्पा समुदायको हितमा शेर्पा संघ कार्यसमिति लगायत सहयोगीहरुले दिएको सहयोग र सरसल्लाहले दुई महत्वपुर्ण कार्य गर्ने अवसर प्रदान गरेको हो’ संंघका अध्यक्ष तथा संयोजक आङ दोर्जीले बताए।