अमेरिकन सिनेटले रुस लगात ५ वटा अन्य मुलुकहरुलाई प्रतिवन्ध लगाउने नयाँ नियम पारित गरेको साताभित्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा रहेका ७५५ अमेरिकन डिप्लोम्याटहरुलाइ रुस छाडन आदेश दिएका छन।
अमेरिकाले हालै लगाएको प्रतिबन्धको प्रत्युत्तरमा रुसले ७ सय ५५ अमेरिकी कुटनिज्ञहरुलाई देश छोड्न आदेश दिएको छ। रुसमा बिभिन्न कुटनितिक नियोगहरु र दुताबासमा कार्यरत कर्मचारीहरुले देश छोड्न आदेश दिएको राष्ट्रपति भ्लादिमिरले आफै पुष्टि गरेका छन्।
रुसी टेलीभिजनमा बोल्दै पुटिनले भनेका छन ‘अमेरिकासंगको सम्बन्धमा तत्काल सुधार नआउने देखिएको छ। त्यसैले ७ सय ५५ ले आफनो सम्पूर्ण कार्यहरु तत्तकाल रोक्दै देश छोडेर जान आदेश दिएको छु।’ रुसमा करिव १ हजार अमेरिकन डिप्लोम्याट कार्यरत रहेका छन।
अमेरिकी निर्वाचनमा रुसको भुमिका नरहेको बताउँदै आएका पुटिनले अमेरिकाकै कारण आफुले नचाहदा नचाहँदै यस्तो कदम चाल्नु पर्ने अवस्था आउन सक्ने संकेत गरेका थिए। रुसी अधिकारीहरुका अनुसार अमेरिकन कुतनितिज्ञहरुले प्रयोग गरिहेका गोदाम, भवनहरु लगायत सम्पतिहरु रुस सरकारले रोक्का गरेको छ।
रुसी टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले अगाडी भनेका छन ‘दुबै देश मिलेर काम गर्दा राम्रै नतिजा निस्कन सक्थ्यो, जस्तो दक्षिण सिरियामा आतंकलाई निस्तेज पारे जस्तो। तर अमेरिकाकै कारण अव यस्तो सम्भावना टरेर गएको छ।’ अमेरिकाका डेमोक्रयाट पक्षधरहरुले अमेरिकी डोनाल्ट ट्रम्पलाइ जिताउन रुसले सहयोग गरेको बताउँदै आएका छन भने रुस र डोनाल्ड ट्रम्पले यसको प्रतिवाद गर्दै आइरहेका छन।
सन २०१६ को अमेरिकी निर्वाचनमा रुसको घुसपैठ र २०१४ को क्राइमियामा रुसी हस्तक्षेपको वदला भन्दै अमेरिकी कंग्रेसले रुसमाथी गएको सातामात्र प्रतिवन्ध लगाएको थियो। गत डिसेम्बरमा ओबामा प्रशासनले अमेरिकी राष्ट्रपतिय चुनावमा घुसपैठको आरोप लगाउदै ३५ जना रुसी कुतनितिज्ञहरुलाई देश निकाला गरेको थियो। व्हाइट हाउसको बिरोधका बाबजुद पनि अमेरिकी संसदको दुबै सदनले रुस बिरुद्वको प्रतिबन्ध प्रस्तावलाई उत्साहका साथ सजिलै अनुमोदन गरिदिएका थिए।
अमेरिकी राष्ट्रपतिय चुनावमा घुसपैठको भए नभएको बारेमा छानबिन चलिरहेको अवस्थामा रुस बिरुद्घ अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसले यस्तो कदम उठाएको हो।