इण्डोनेशियाको दोस्रो ठूलो सहर सुरबयामा भएको आत्माघाती आक्रमणमा परी कम्तिमा नौ जनाको ज्यान गएको छ।
तीनवटा चर्चमा भएको आक्रमणमा परी दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान साढे सात बजे आक्रमण भएको बताइएको छ।
घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको इण्डोनेशियाको प्रहरीले जनाएको छ। यसैबीच इण्डोनेशियाली गुप्तचर विभागले जनाएअनुसार इस्लामिक संगठनबाट प्रेरित कुनै समूहले घटना गराएको हुन सक्ने सम्भावना रहेको छ।
केही दिन अगाडि पनि इण्डोनेशीयाको राजधानी जाकार्तामा भएको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका थिए।