पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफले आजिवन चुनावमा भाग लिने नपाउने भएका छन्।
शुक्रबार पाकिस्तानी सर्वोच्च अदालतले उनीविरुद्ध सो फैसला सुनाएको हो।
३ चोटी प्रधानमन्त्री भएका सरिफ सन् २०१७ को जुलाई महिनामा भ्रष्टाचारको आरोपमा पदमुक्त भएका थिए।
गत वर्षको पानामा पेपर्स काण्डमा उनको नाम मुछिएको थियो।