इजरायली प्रधानमन्त्री बेन्जामिन नेतानयाहूमाथि भ्रष्टाचारको आरोप लागेको छ।
यससँगै उनले पदबाट राजीनामा दिन बाध्य हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अहिलेसम्मको राजनीतिक यात्रामा यो उनका लागि सबैभन्दा ठूलो चुनौति हुने बताइएको छ।
प्रधानमन्त्री नेतानयाहूले भने गए राति टेलिभिजन प्रशारणमार्फत् सबै आरोप गलत भएको बताएका छन्। इजरायलको सरकारी टिभी कार्यक्रममा बोल्दै उनले आफूमाथिको बिना कुनै प्रमाण आरोप लगाइएको र यसबाट कुनै नतिजा निस्कन नसक्ने बताएका हुन्।
यसका साथै उनले आगामी दिनमा पनि निश्चित रुपमा प्रधानमन्त्री पद सम्हालिरहने बयान दिएका छन्। तर उता प्रहरीको तर्फबाट आएको बयानमा भने उनीविरुद्ध पर्याप्त प्रमाण भएको बताइएको छ। त्यसकारण अब महान्यायाधिवक्ताको कार्यालयले मात्र उनीमाथि मुद्दा चलाइने वा नचलाइनेबारे निर्णय गर्न सक्नेछ जसका लागि महिनौँको समय लाग्ने बताइएको छ।
६८ वर्षीय नेतानयाहू दोस्रोपटक प्रधानमन्त्री बेनका हुन् र उनले १२ वर्षसम्म इजरायलका प्रधानमन्त्री पदमा रहिसकेका छन्। तरपनि कार्यकालभरि उनीमाथि थुप्रैपटक विभिन्न अभियोग लगाइउने क्रम जारी रह्यो।
इजरायलको संचारमाध्यमले बताए अनुसार प्रधानमन्त्रीसँग अहिलेसम्म प्रहरीले सातपटक सोधपुछ गरिसकेको छ।