फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेविरुद्ध मानवताविरुद्धको अपराधमा छानविन सुरू भएको छ।
समाचार संस्था रोयटरका अनुसार दुतेर्ते राष्ट्रपति भएपछि थालिएको ‘लागु पदार्थविरुद्ध’को युद्धमा हजारौं व्यक्तिको हत्या भएकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मानवताविरुद्धको अपराधमा दुतेर्तेको संलग्नता सम्बन्धमा प्ररम्भिक् छानबिन सुरु भएको हो।
फिलिपिन्सका सन् २०१६ को जुलाईदेखि लागु पदार्थ नियन्त्रणका नाममा व्यापक कारबाही सुरू गरिएको थियो। लागु पदार्थविरुद्धको अभियानमा बितेका १९ महिना करिब ४ हजार फिलिपिनी नागरिक प्रहरीको हातबाट मारिएका छन्।
यसलाई अन्तर्राष्ट्रिय तथा राष्टिय मानव अधिकार समुदायले गैरन्यायिक हत्याका रूपमा लिएको छ। राष्ट्रपति दुतेर्तेका प्रवक्ताले छानविन हुनलागेको पुष्टि गर्दै त्यसलाई ‘अदालतको समय र स्रोतको अपव्यय’ भनेका छन्।