गैर आबासिय नेपाली संघ नाइजेरियाले सुस्त मनस्तिथीका विद्यार्थीहरुलाई सहयोग गरेको छ। लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फ बाट विद्यार्थीहरुलाई खाधान्न लत्ता कपडा लगायतका सामाग्रीहरु उपलब्ध गराइएको थियो।
स्थानिय स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई सहयोग हस्तान्तरण गर्दै संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले 'एनआरएनले यस्ता सहयोग सधै जारी रहने' बताएका थिए।
संघले गत तिहारमा नाइजेरियामा देउसी भैलो खेलेको थियो र त्यो बेला नै यसरी संकलन गरिएको रकम परोपकारी कार्यमा लगाउने घोषणा गरेको थियो।
'यो सहयोग हामीले पहिलो पटक गरेका हौं। हामी जहाँ जुन देशमा बसेका छौ त्यहा पनि केहि सहयोग गर्न सक्छौ। हामीले कर्म गरिरहेको देशमा पनि हाम्रो सहयोगको खाँचो छ।' कोषाध्यक्ष हिक्मत थापाले बताए।
कार्यक्रममा संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा, नाइजेरिया अध्यक्ष जनक बिष्ट, आइसिसी सदस्य चिरञ्जीवी रोका, महिला उप संयोजक मन थापा , उपाध्यक्षहरु उर्मिला रोका र बिश्वास पौडेल, महासचिब रोशन थापा ,कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल, सदस्यहरु दुर्गा बिस्ट, आशा सरकार लगाएतको उपस्थिती रहेको थियो।
सन १९६० मा स्थापित उक्त स्कुलमा ४ सय ५० जना सुस्त मनस्थितिका बिद्यार्थीहरु आबाशिय रुपमा अध्ययनरत गरिरहेका छन।