अमेरिकामा परिवर्तित कर प्रणालीका सन्दर्भमा टेक्ससको अर्विगंमा रहेका नेपाली व्यापारी व्यवसायीबीच अन्तरक्रिया गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर प्रणालीमा गरेको फेरबदलले पार्ने प्रभावमा सन्दर्भमा नेपाली व्यापारी व्यवसायीलाई जानकारी गराउन यहा रहेको नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले अन्तरक्रिया गरेको हो ।
कानुनी परिधिभित्र रहेर कसरी कारोबार गर्ने, कस्तो प्रकारको व्यवसाय कुन किसिममा दर्ता गर्ने, करलाई कसरी व्यवस्थित गर्ने, कर दाखिला गर्दा के के विषयमा ध्यान दिने, कर दाखिला गर्दा बढी भन्दा बढी लाभ कसरी लिन सकिन्छ यी यस्ता कर सम्बन्धी विषयमा अन्तरक्रियामा छलफल गरिएको थियो ।
ट्रम्प ट्याक्स रिफर्म सेमिनार नाम दिइएको अन्तरत्रियात्मक सिपिए प्रेम शाहीले व्यवसायिक कर प्रणालीका सन्र्दभमा र सिपिए स्मृति कार्कीले व्यक्तिगत कर प्रणालीका विषयमा सहजीकरण गरेका थिए ।
च्याम्वरका महासचिव बाल जोशीको संचालन र अध्यक्ष मनोज सिग्देलको अध्यक्षता रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघका उत्तर अमेरिका संयोजक गौरी जोशी, च्याम्वरका निवर्तमान अध्यक्ष बासुदेव भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र डलास क्षेत्रवरपर रहेर व्यवसायमा आवद्ध नेपालीको उपस्थिति रहेको थियो ।