पशुपंक्षीको दानासम्बन्धी भ्रष्टाचार काण्डमा साढे तीन वर्षको जेल सजाय सुनाइएका विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले मालीको काम गर्ने भएका छन्।
दुई साताअघि उक्त काण्डमा दोषी ठहर गरिएका उनलाई शनिबार भारतको केन्द्रीय अनुसन्धान निकाय सीबीआईको विशेष अदालतले सजाय तोकेको हो।
राँचीस्थित स्थानीय पत्रकार नीरज सिन्हाका अनुसार भिडिओमार्फत गरिने प्रत्यक्ष कुराकानी 'भिडिओ कन्फेरेन्सिङ'को माध्यमबाट सजाय सुनाइएको थियो।
लालुप्रसाद यादव अहिले राँचीको बिरसा मुण्डा जेलमा छन्। उनले त्यहाँ मालीको काम गर्ने र काम गरेबापत उनले दैनिक ज्याला भारु ९३ पाउनेछन्।
लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो ।