संसार भरि छरिएर रहेका नेपालिहरुका लागी गणतान्त्रिक नेपालको प्रतिनिधि सभाको निर्वाचन एक चासोको विषय थियो | संबिधान सभाले बनाएको संबिधान सिबाय केही नमान्ने द्वन्द समाप्त भए पश्चात बनेका दुईवाटा संबिधान सभाले संबिधान जारी गरेपछिको यो पहिलो निर्वाचन थियो | लामो समयसम्मको राजनीतिक गतिरोधलाई चिर्न खड्कप्रसाद ओलीको नेतृत्वमा बनेको वाम गठबन्धनले शानदार बहुमत प्राप्त गर्यो | जनताले कांग्रेसलाई सानो आकारको प्रतिपक्षमा र मधेशवादी शक्तीहरुलाई उनीहरुको सम्मानजनक हैसियत देखाइदिए | रोजगारी नपाएर बिदेशिएकाहरु, द्वन्दले बिस्थापित भएकाहरु, बर्षौ देखि थिचोमिचोमा परेका आवाजबिहिनहरु, सिमान्तकृत वा जनजातिहरु र अन्य विभेदमा परेकाहरु सबैले अपेक्षा गरेको सरकार नेपालले पाउँदै छ |
बिकाशको लागी सरकारले गर्नु पर्ने धेरै छैन | अबको सरकारले मंत्री, उपप्रधानमंत्री र प्रधानमन्त्रीको संख्याको बोझ जनताले टाउकोमा धेरै नथोपरे पुग्छ | भ्रष्ट्राचार थोरै नियन्त्रण गरे पुग्छ | करदाताले तिरेको करको धेरै दुरुपयोग नगरे पर्याप्त हुन्छ | अलिकती बिदेशी पूँजी निबेशकर्तालाई आकर्षित गरे पुग्यो | अलिकती रोजगारीको सृजना भए उत्तम, नत्र चलेकै छ | बांदरमुढे घटनाका पीडितले पुष्पकमल दाहाललाई नै निर्वाचित गरिसके, त्यसैले द्वन्दका घाउहरु आफै सुकी सके | मधेशवादी दल सहित वाम गठबन्धनको दुई तिहाई पुग्छ, त्यसैले संबिधान संसोधनमा समस्या रहेन | भारतका प्रधानमन्त्रीको नयाँ सरकारसंग सहकार्य गर्न खोजेको संदेश आइसक्यो | चीन वाम गठबन्धनको मित्र नै हो | चीनबाट रेल नआउला तर भारतसंगको परनिर्भरता अलिकति कम भए हामी खुशी छौं | रोकिएका जलबिद्युत आयोजनाको काम शुरु मात्रै गरे पुग्छ | वाम गठबन्धनको सरकारले अग्रसक्रिय रुपमा केही कामहरु नगरेपनि स्थिर सरकार दिए पर्याप्त हुन्छ | प्रतिपक्षमा रहेको कांग्रेसले निर्वाचनमा पराजयको कारण वाम गठबन्धन भनेको छ | यसको अर्थ हो, उ अर्को निर्वाचनमा पनि पराजित हुने तयारीमा अग्रसक्रिय छ | आफ्नो कमजोरी नदेख्ने प्रतिपक्ष पाउनु वाम गठबन्धनको सबभन्दा ठुलो वैभव हो | शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस रहनु नै वाम गठबन्धनको आगामी निर्वाचनको आधा तयारी हो | त्यसैले कांग्रेस वाम गठबन्धनको तगारो होइन | अबको सुशासन, स्थिरता र आर्थिक बिकाशको लागी प्रमुख तगारो के हो त ?
यो निर्वाचनसंग जोडिएका नेपालीहरुका कतिपय चाहनाहरु पुरा नहुन सक्छन तर आगामी पांच वर्षसम्म स्थिर सरकार दिन सक्ने हैसियत वाम गठबन्धनलाई प्राप्त भएको छ | वाम गठबन्धन स्थिरता र पार्टी एकीकरणको नारामा निर्वाचनमा गएको हो | राजनीतिमा प्रयोग गरिएका भाषामा कानून लाग्दैन, केवल ती नैतिकताका आधारमा नापिन्छन | स्थिरता दिन वाम गठबन्धन सक्षम छ तर यसले स्थिरता दिन्छ वा दिंदैन त्यो अब एक नैतिक प्रश्न हो | निर्वाचनको एक महिनामा समेत पार्टी एकीकरणको कुनै संकेत देखिएको छैन | स्थिरताका दुई चित्रहरु सम्भाव्य छन् | दाहालको सहयोगमा ओलीको सरकार वा ओलीको सहयोगमा दाहालको सरकार | यी दुबैको सम्भावना न्यून छ | यी दुबैको झमेलाको विचबाट कुनै तेश्रो ब्यक्तीलाई जिम्मेवारी दिने हो भने पांच वर्षको स्थिर सरकारको सम्भावना जिवितै छ | आगामी पांच वर्षको सरकार आलोपालो वा अन्य किसिमको अस्थिर भयो भने त्यसको सम्पूर्ण जिम्मा वाम गठबन्धन कै हो |
वाम गठबन्धनका नेता ओली अबको प्रधानमन्त्री हुने लाइनमा छन् | ओलीको दल सहितले हस्ताक्षर गरेको नेपालको संविधानले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको निर्वाचन पश्चात मात्र कसैलाई ठुलो वा सानो दल मान्छ | संबिधानले अनुमानित अवस्थामा कसैलाई ठुलो मान्दैन | संबिधानमा लेखिएका प्रत्येक हरफहरुको पालना गर्ने प्रमुख दायित्व अब ओलीको हो | प्रत्यक्ष तर्फको परिणाम पश्चात ओलीका यस्ता बक्त्यव्यहरु आए, “कांग्रेस सत्ता लम्ब्याउने प्रयास गर्दैछ”, “अध्यादेस जारी गरिनु हुँदैन”, “अध्यादेसमा राष्ट्रपतीलाई दबाफ दिइयो” | ओलीले प्रसाशनलाई काम नगर्न र निवर्तमान सरकारलाई आफ्नो हैसियतमा बस्न चेतावनी दिसकेका छन् | प्रधानमन्त्री बन्ने लाइनमा रहेमा ओलीका यी वाक्यहरु सामान्य नागरिकका लागी भ्रामात्मक छन् | उनि अब देशका देशका अभिभावक हुन् | उनिमा प्रत्येक नागरिकले आफ्नो प्रतिनिधित्व देख्ने छ | विभिन्न राजनीतिक पृष्ठभूमीका नागरिकसंग उनले अबको पाँच वर्ष सहकार्य गर्नु पर्ने छ | ओलीले आफ्नो बिरुध्द बिदेशी शक्ती हाबी भएको समेत भन्न भ्याए | दुई तिहाईको नजिकको जनमत प्राप्त दललाई कुनै विदेशी शक्तीले कसरी दबाब दिन सक्छ ? यो स्पष्ट गर्नु पर्दैन ? ओलीले राष्ट्रपतीलाई दबाब दिइयो भनेका छन | त्यो दबाव कसले र कसरी दिन सक्छ ? स्पष्ट गरिएको छैन | बरु राष्ट्रपतीलाई अध्यादेस जारी नगर्न ओलीले नै दबाफ दिएका थिए | यती कडा बक्तब्य दिने ओली अहिले अचानक मौन छन् | आफ्नो बोलि र अडानमा स्थिर नरहन सक्ने नेताले कसरि देशलाई स्थिरता देला ? निर्वाचन पछि भएका यी आक्रामक चेतावनीमा दाहालको समर्थन देखिंदैन | अध्यादेशको विवादमा ओली र दाहालको समेत स्पष्ट फरक मत देखियो | एमालेका नेताहरुले वाम एकीकरण भैसक्यो भनेका छन् | यो भन्दा हास्यास्पद तर्क अरु के होला ?
ओली, दाहाल र देउवा तिनैजना संबिधान जारी भैसके पछि स्थानीय र संसदीय निर्वाचन गराउने उदेश्यले सरकारमा गैसकेका ब्यक्ती हुन् | तर राष्ट्रिय सभा गठन सम्बन्धी कानून यी तिनैजनाको सरकारले नबनाएको रहेछ | संसद नभएको बेलामा देखिएको कानूनको अभाबको समाधान केवल अध्यादेस हो | ओलीले अध्यादेस जारी भएर राष्ट्रिय सभाको गठन भए पनि त्यो अध्यादेस संसदले पारित गरेन भने के गर्ने भन्ने तर्क समातेका थिए | अध्यादेस गाँठो फुकाउने एक बाध्यात्मक कदम मात्र हो | यो संसार भरि यसरी नै लागु हुन्छ | पछी आउने संसदले त्यो पारित गरेन भने त्यो उसैको समस्या हो | नयाँ संबिधान भएकोले भोलि पर्न जाने त्यस्ता थुप्रै समस्याहरुमा देउवालाई मात्र दोष दिन मिल्दैन | अहिलेको स्थितीमा अध्यादेसमा प्रस्ताब गरिएको प्रणालीमा ओलीको सहमती वा बिमती भन्ने प्रश्न होइन | यो केवल संबिधानसम्मत छ वा छैन भन्ने मात्र हो | जुन अध्यादेस राष्ट्रपतीले प्रमाणित गरि सके त्यसलाई ओलीले गैर संबैधानिक भनेर अपरिपक्कता देखाएका थिए | यो प्रमाणित भैसकेको अध्यादेसको विषयमा संबिधानविद टिकाराम भट्टराइले एक टिभी कार्यक्रममा यो अध्यादेस गैर संबैधानिक भएकोले राष्ट्रपतिले त्यसको पालाना गर्न नपर्ने तर्क राखेका थिए | एकल संक्रमणिय पद्दती संबिधानसम्मत नभएको उनको तर्क थियो | यो तर्कसंग ओलीको तर्क हुबहु मिल्छ | राजनीतिक कारणले नयाँ सरकारको गठनमा कानून व्यवसायीहरुका फरकमत देखिए | फरकमतलाई समायोजन गरेर सबैलाई मिलाएर लैजानुपर्ने देशका अभिभावकले एउटा वर्गको मतको सहारा लिए | अंग्रेजीमा “मोर्निंग शोज द दे “ भने झैँ, ओलीका यी कदमले स्थिरता इंगित गर्दैन |
सरकारमा जान ओली आजका मितिमै तयार छन् तर दलहरुको एकीकरण आजका मितिसम्म गरिएको छैन | स्थिरता र सरकार गठनको लागी वाम दलहरुको एकीकरण आवश्यक छ किनभने एमालेको आफ्नै स्पष्ट बहुमत छैन | सरकार र कांग्रेसप्रती आक्रामक रहेका ओलीका सहयात्री दाहाल भने कांग्रेसप्रती शिष्ट र परिपक्क नेताको रुपमा देखिएका छन् | दाहालको यो अन्दाज अर्थपूर्ण छ | एउटा भारतीय सिनेमाकर्मीले उपादेयता सकिसकेको एक पात्र “टाइगर ” लाई आफ्नो नयाँ सिनेमाको लागी “टाइगर जिन्दा है” भनेर फेरी पुनर्जिबित गरे | त्यही टाइगर मार्फत नयाँ सिनेमाले धूम मचायो, उनले करोडौं कमाए | २०७० मा खुम्चिएको र स्थानीय निर्वाचनमा झन् खुम्चिएका दहाललाई टाइगर जिन्दा है कै शैलीमा ओलीले कांग्रेसलाई पराजित गर्न नेपालको राजनीतिमा स्थापित गरे | ओलीले पारम्पारिक प्रतिस्पर्दी कांग्रेसलाई त्यही टाइगर मार्फत पराजित गरे तर त्यो टाइगर ओलीका लागी सबभन्दा ठुलो चुनौती रहेको छ | यौटै जंगलका दुईवटा टाइगर अब आम गठबन्धनको अस्थिरताका कारण बनेका छन | आजका मितिसम्म दाहाल सरकारमा पनि छन् र उनि वाम गठबन्धनका नेता पनि हुन् | यो अधिनायकवादी चरित्र हो | लोकतान्त्रिक अभ्यासमा निकै अगाडी बढेको एमालेले कसरी यस्ता अधिनायाकवादीसंग सहकार्य गर्न सक्छ ? युध्दमा दाहालसंग सहकार्य गर्ने मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रबहादुर चन्द जस्ता सहकर्मीहरुलाई दाहालले त्यागी सके | माओवादी युध्दमा एमालेलाई पनि दाहालले आक्रमणको शिकार बनाएका थिए | दाहालले कांग्रेससंग सहकार्य गरिसकेका छन | कसैसंग पनि स्थिर भएर बस्न नसकेका र बाध्यात्मक परिस्थितीमा वाम गठबन्धनमा गएका दाहाल पांच वर्ष ओलीसंग स्थिर रहलान भनेर कल्पना गर्नु मुर्खता हुन्छ |
अबको प्रमुख राजनीति ओली र दाहालको विच हुने छ | ओली र दाहाल जस्ता शक्तीहरुको ब्यबस्थापन नगरे वाम गठबन्धन अस्थिर हुने देखियो | त्यो ब्यबस्थापनमा लहरो र पहरो जोडिएको छ, त्यसैले यो नै कुशासन को जग हो | आजसम्मको हाम्रो लोकतान्त्रिक अभ्यासमा हाम्रा दलहरु ब्यक्ती प्रधान मानिएका छन् | देउवालाई प्रधानमन्त्री बनाउनैपर्ने बाध्यता भएकोले कांग्रेसको यो हबिगत भयो | देउवाभन्दा दल ठुलो मानिएको भए आजको राजनीतिक समीकरण फरक हुने थियो | कांग्रेस अझै डुब्न तयार छ तर देउवालाई त्याग्न तयार छैन | यो रोग अब वाम गठबन्धनमा देखिने छ | वाम गठबन्धनले आफुले गरेका वाचाहरु ( पार्टी एकीकरण, स्थिरता, सुशासन र बिकाश ) पुरा गर्न दुई प्रमुख तागाराहरुको सामना गर्नु पर्ने छ | ति हुन् ओली र दाहाल | आजसम्मको नेपालको राजनीतिमा ब्यक्ती व्यवस्था भन्दा माथि रहेकोले देश र जनता अगाडी बढेनन | राणा शासन, राजतन्त्र र त्यसपछि गिरिजातन्त्रमा ब्यक्ती नै प्रधान देखिए | वाम गठबन्धनले स्पष्ट बहुमत त ल्यायो तर ओली र दाहालको पदस्थापनमा यो गठबन्धन चुक्ने संकेत देखिसकेका छन् | ब्यक्तीका लागी दलले सती जानु हुँदैन | ब्यक्ती तगारो भए नयाँ ब्यक्तीको खोजी गर्ने नयाँ परम्पराको थालनी वाम गठबन्धनले गर्न सके लोकतान्त्रिक पद्दतीमा यौटा नयाँ आयाम थपिने छ | यती गर्न सके दलको एकीकरण र स्थिर सरकार आफै बन्ने छन् |