दक्षिण अमेरिकी राष्ट्र पेरुमा एक ट्रक र यात्रुवाहक बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ। पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए।
दुर्घटनापछि सो बस एक सय मिटर गहिराइमा झरेको बताइएको छ। गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत यस घटनामा ४८ जनाको ज्यान गएको पुष्टि गरेको बिबिसीले जनाइएको छ।
पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्किले यस घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।