भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा आठजना जनाको ज्यान गएको छ १ सय जना बेपत्ता भएका छन्।
बिहिबार रातिदेखि नै हावाहुरी आएको र पछि भीषण वर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक बेपत्ता भएका हुन्।
प्राप्त जानकारी अनुसार हराउने अधिकांश नागरिक माछा मार्न समुद्रमा गएका थिए । उनीहरू धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ।
शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो ।
आँधीले तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा ठूलो असर गरेको छ। यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदा तहसनहस भएका छन्।
नागरिकहरूलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ।
अहिले पनि ती क्षेत्रहरूमा आँधीको प्रकोप जारी नै रहेकोले उद्धार कार्य प्रभावकारी नभएको अधिकारीहरूले जनाएका छन्।
उद्धारकर्मीहरूले आँधी प्रकोप कम हुनासाथै खोजी अभियान सुरू गर्ने बताएका छन्। हराएका व्यक्तिको खोजी जारी भइरहेको छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।