अन्तर्राष्ट्रिय ओलम्पिक महासघंको अनुसन्धान कमिटीले पाँच जना रसियाली ओलम्पिक खेलाडीहरूमाथि प्रतिबन्ध लगाएको छ।
उनीहरूले खेलका दौरान प्रयोग गरेको प्रतिबन्धित औषधिका कारण प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय ओलम्पिक महासघंले बताएको छ।
हिउँदे ओलम्पिक खेल्ने यी पाँच खेलाडीहरूमाथि सोमबार कमिटीले आजीवन प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धमा पर्ने खेलाडीहरूमा सर्गेइ चुडिनोभ, एलेक्सेइ नेगोडाइलो, डिमिट्री टुरेनकोभ, यान रोमानोभा र ओल्गा भिलुखिना रहेका छन्। उनीहरूले सोची ओलम्पिक २०१४ लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। टुरेनकोभ र नेगोडाइलोले सोची ओलम्पिकको ‘फोर–मेन बल्बेइस’मा स्वर्ण पदक जितेका थिए।
सन् २०१६ मा गरिएको अनुसन्धान र म्याकलारेन रिपोर्टका आधारमा आइओसीले उनीहरूलाई प्रतिबन्ध लगाएको हो। नोभेम्बर महिनामा मात्र रुसका १९ जना खेलाडीहरू प्रतिबन्धमा परिसकेका छन्।