पाकिस्तानको पेसावर सहर नजिक भएको आत्मघाती आक्रमणबाट एक उच्च प्रहरी अधिकृतसहित अंगरक्षकको मृत्यु भएको छ।
आत्मघाती आक्रमणकारी सवार मोटरसाइकलले अतिरिक्त प्रहरी महानिरिक्षकको असरफ नुरको गाडीमा टक्कर दिएपछि त्यहाँ विस्फोट भएको थियो। आक्रमणबाट थप तीन जना व्यक्ति घाइते भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ।
असरफ नुर शुक्रबार बिहान आफ्नो कार्यालय जाँदै गर्दा भएको यस आक्रमणको हालसम्म कुनै आपराधिक समूहले जिम्मेवारी लिएका छैनन्।
पाकिस्तानमा प्रहरी अधिकारीलाई लक्षित गरेर यसअघि पनि विभिन्न आक्रमण भएका थिए। तीनै समूहले नै यो आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको बताइएकाे छ।