अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले एक समारोहमा न्युजिल्याण्डका गभर्नर जनरल दामपत्से रेड्डी समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेकी छिन्।
उक्त समारोहमा राजदूत शेर्पाले नेपाली राष्ट्रपति, नेपाल सरकारतर्फबाट न्युजिल्याण्डका जनताका लागि शुभकामना संदेश लिएर आएको बताइन्। भेटका क्रममा शेर्पाले नेपालको समसामयिक राजनीतिक परिवेश, चुनावको तयारी र संविधान कार्यान्वयनका बारेमा जानकारी गराएकी थिइन्।
सगरमाथाको इतिहासमा एडमन्ड हिलारी र तेंजिङ नोर्गे शेर्पाको फरक इतिहास जोडिएको कारण पनि दुई देश बीचको सम्बन्ध अझै प्रगाढ भएको बताउँदै शेर्पाले आफ्नो कार्यकालमा दुई देश बीचको सम्बन्धले थप उचाई लिनेमा विश्वास व्यक्त गरिन्।
शेर्पाले न्युजिल्याण्डका गभर्नर जनरल रेड्डीलाई नेपाल भ्रमणको निम्तो समेत दिइन्। रेड्डीले आफू नेपाल जान इच्छुक रहेको र उपयुक्त समय आएपछि जानकारी गराउने कुरा बताएका थिए।
सात दिने भ्रमणमा न्युजिल्याण्डमा रहेकी राजदूत शेर्पाले यहाँ रहँदा विभिन्न ठाउँमा नेपाली समुदायहरूसँग भेटवार्ता गरि नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायहरूबारे छलफल गरेकी छिन्।
न्यूजिल्याण्ड र अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत लक्की शेर्पाले गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डले राजदूत शेर्पाको सम्मानमा गत शनिबार कार्यक्रमको आयोजना समेत गरेको थियो।