अफगानिस्तानको राजधानी काबुलमा भएको एक राजनीतिक भेलामा आत्मघाती आक्रमण भएको छ।
अन्तरराष्ट्रिय मिडियाका अनुसार आक्रमणबाट हालसम्म सातजनाको मृत्यु भइसकेको छ।
काबुल प्रहरीका प्रवक्ता अब्दुर बसीर मुजाहिदका अनुसार कार्यक्रम भइरहेको ठाउँमा आएर एक व्यक्तिले ‘यस्ता कार्यक्रम ध्वस्त पारौँ’ भन्दै आक्रमण गरेका थिए। त्यसबेला हलमा उत्तरी प्रान्तका गभर्नर महम्मद नुरका समर्थक कायकर्ता कार्यक्रममा व्यस्त थिए। अफगानी स्वास्थ्य मन्त्रालयका अनुसार कम्तिमा पाँचजना व्यक्ति आक्रमणबाट घाइते भएका छन्।