इराकको उत्तरी सहर हवाइजी नजिकै करीब चार सयको सङ्ख्यामा मानव कङ्कालहरू भेटिएको छ। यस सहरलाई चार वर्षसम्म इस्लामिक स्टेटले कब्जामा लिएको थियो।
गाडिएका अवस्थामा भेटिएका मृत शरीरहरू त्यसै भेगका नागरिकहरूको हुन सक्ने आशंका गरिएको छ। उनीहरूले लगाएको कपडाको आधारमा ती व्यक्तिहरू लडाकु नभएको बताइएको छ। एशोसिएट प्रेसले जनाएअनुसार अघिल्लो वर्ष इराकको ७२ वटा स्थानमा यस्ता मानव चिहान फेला परेका थिए। जसमा पाँच हजारदेखि पन्ध्र हजार जना मानवको कंकाल भेटिएका थिए।
बगदादबाट १५० माइल उत्तरमा रहेको हवाइजी सहर सन् २०१३ देखि इस्लामिक स्टेटको पूर्ण कब्जामा रहेको थियो। एक महिनाअघि मात्र यस सहर इराक सरकारको कब्जामा आएको थियो।