नजिकको तीर्थ हेला हुन्छ भनेर सुनेको थिएँ। मलाई पनि त्यहाँ नपुगेसम्म त हो कि जस्तो लाग्यो। सदरमुकाम चरिकोटबाट त्यति धेरै टाढा पनि छैन। डेढ दुई घण्टामै पुग्न सकिन्छ हनुमन्ते डाँडा। जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका र वैतेश्वर गाउँपालिकाको संगम स्थल हो हनुमन्ते डाँडा।
हनुमन्ते डाँडा, प्रकृतिको मुटुमा बसेको एक सम्मानित गन्तव्य, आध्यात्मिक महत्व र बाहिरी साहसिक कार्यको अनुपम मिश्रण हो।
हाइकिङ गर्न र धार्मिक श्रद्धाको ठाउँको रूपमा यसको दोहोरो पहिचान बोकेको स्थल पनि हो। हनुमन्ते डाँडाले आगन्तुकहरूलाई एक प्रकारको अनुभव प्रदान गर्दछ। हनुमन्ते डाँडाको बहुआयामिक आकर्षण, यसको ऐतिहासिक र धार्मिक महत्वको साथै रमणीय परिदृश्यमा घुम्ने लोकप्रिय पदयात्रा समेत यस स्थानमा छ। हनुमन्ते डाँडा नामैले एउटा इतिहास बोकेको थलोको रूपमा लिन सकिन्छ, हनुमन्ते हिन्दू देवता हनुमानको नामबाट आएको हो, शक्ति र भक्तिको प्रतीक हो।
समुद्री सतहबाट २७६९ मिटर उचाइमा रहेको हनुमन्ते डाँडाबाट दोलखाको ६० प्रतिशतभन्दा बढी भूभाग नियाल्न सकिन्छ। रोमाञ्चक दृश्य र पवित्र स्थलको कारणले अहिले यस ठाउँमा पर्यटको संख्यामा वृद्धि आउन थालेका छन्। खावा डाँडासम्म सररर मोटर बाटोको सुविधा छ। यही खावा डाँडाबाट पनि लगभग ५ किलोमिटर जति मोटरबाटो छ। दिन प्रतिदिन आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय र बागमती प्रदेश सरकारले पदमार्ग निर्माण गरिएको छ। पदमार्ग र हाइकिङ प्रेमीहरूलाई यस ठाउँ सुन्दर र उपयुक्त मान्न सकिन्छ। यहाँबाट गौरीशंकर हिमाल लगायत दर्जनौं हिमश्रृङ्खलाहरू नजिकैबाट नियाल्न सकिन्छ। सूर्योदय र सूर्यास्त झन् मज्जाले नियाल्न सकिन्छ।
हनुमन्ते डाँडाको सौन्दर्य र जैविक रोमाञ्चक दृश्य अनि पवित्र स्थलको कारणले अहिले सबै खालका पर्यटकहरू पुग्ने गर्छन्। यहाँ नजिकै गाईको थुनबाट दूध झरेको देख्न सकिन्छ। ठूलो भीरमुनि महादेवको मन्दिर छ। अर्को भीरको बीचमा हनुमानको मूर्ति स्थापना गरेको छ। यसअघि यस ठाउँमा हनुमानले लक्ष्मणलाई बचाउनको लागि जडिबुटी खोजेर लगेको किंवदन्ती छ।
तस्बिरहरू:
-1717225218.jpg)
-1717225218.jpg)
-1717225218.jpg)
-1717225217.jpg)
-1717225216.jpg)
-1717225216.jpg)
-1717225217.jpg)
-1717225219.jpg)
-1717225219.jpg)
-1717225219.jpg)
-1717225219.jpg)