भक्तपुरको मालीगाउँ सहरको कोलाहलबाट थोरै मात्र टाढा रहेको शान्त र रमणीय क्षेत्र हो। पछिल्लो समय मालीगाउँ युवा पुस्तामाझ हाइकिङ गर्ने थलोका रूपमा समेत विकास हुँदै गएको छ।
हिमाल हेर्न मन पराउनेको नयाँ गन्तव्य बनेको मालीगाउँबाट मौसम खुलेको समयमा धौलागिरि, सगरमाथादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको हिमालहरू देख्न सकिन्छ। साथै, भक्तपुर, काठमाडौं र ललितपुरका अधिकांश स्थान सहजै देखिन्छ।
मालीगाउँ पुगेर हिमश्रृंखला हेर्न र सेल्फी खिच्न अहिले दिनहुँजसो युवायुवती पुगिरहेका भेटिन्छन्।
भक्तपुरको जगातीबाट करिब ७ किलोमिटर टाढा पर्ने मालीगाउँ तामाङ समुदायको बाहुल्य रहेको क्षेत्र हो।
डोलेश्वर महादेवसम्म पक्की बाटो भए पनि त्यहाँबाट माथि कच्ची बाटो भएर मालीगाउँ पुग्न सकिन्छ।
हेर्नुहोस् मालीगाउँबाट देखिएका दृश्यहरू :