कीर्तिपुर नगरपालिकाले विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाएको छ।
‘टुरिजम एण्ड डिजिटल ट्रासफर्मेशन’ भन्ने मूल नाराको साथ नगरपालिकाले बिहीबार दिवस मनाएको हो।
दिवसका अवसरमा सम्पदा यात्रा, चित्रकलालगायतका कार्यक्रम आयोजना गरियो। कीर्तिपुर प्रवेशद्वार नयाँ बजारबाट सम्पदा यात्रा सुरू गरी चिलञ्चो, बाघभैरव मन्दिर उमा महेश्वर तथा बाटोमा पर्ने सम्पदा स्थलहरू परिक्रमा गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए। सन् २०२० को भिजिट नेपालको निमित्त कीर्तिपुर नगर पनि एक गन्तव्य स्थलको रूपमा स्थापित गर्न कीर्तिपुरले कार्यक्रम आयोजना गरेको हो।