सूर्योदयले चम्केका सेताम्मे हिमाललाई नजिकबाट हेर्न पाइन्छ। जता हेरेपनि हिमालै हिमाल देखिन्छ। ३ सय ६० डिग्रीमा नै हिमाल देखेपछि त्यहाँ पुग्ने जोकोहीको मन फुरुङ्ग हुन्छ। कास्कीको अन्नपुर्ण गाउँपालिकाको अन्नपूर्ण आधार शिविर (एबिसि) पुग्दा सबैलाई यस्तै हुन्छ।
प्राकृतिक सौन्दर्यले गर्दा विश्वका मानिसहरुको ध्यान यसले तान्न सफल भएको छ। विश्व प्रसिद्ध एबिसि जादाँ अग्ला पहाड हुँदै झर्ने झरना, अग्ला पहाड, रङगी चङगी जङ्गल, जङ्गली जनावर र चराचुरुङ्गी र मनमोहक हिमाली दृश्यले नै पदमार्गमा जाने पर्यटकको ध्यान तान्दछ।
विश्वको दशौं र नेपालको नवौं (८ हजार ९२ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको उचाई ४ हजार १ सय ३० मिटरमा पर्छ।
कास्कीको विरेठाँटीबाट एबीसीसम्मको पदयात्रा मार्ग एक सातामा पूरा गर्न सकिन्छ।
न्द्रुक, झिनु, छोम्रोङ, भनुवा, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छे आधार शिविर (एमबिसि) हुँदै एबिसि पुगिन्छ।
एबिसिबाट एकैसाथ ८ हजार ९२ मिटरको अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, गन्धर्वचुली, माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ।
एबिसि पुग्ने मुख्य सिजन भदौ १५ देखि कात्तिक १५ र फागुनदेखि वैशाखसम्म हो। हिउँदमा बढी हिउँ पर्ने र बर्खामा पानी पर्ने भएकोले उक्त मौसममा पर्यटक कम मात्रामा जाने गरेको पर्यटन व्यवसायी बताउँछन्। यो क्षेत्रमा नेपाली र विदेशी गरी एक वर्षमा करिब ४० हजार पर्यटक जाने गरेको उनीहरुको भनाइ छ। दसैं तिहारको विदा बेलामा सबैभन्दा बढी पर्यटकहरु पुग्ने गरेका छन्। पछिल्लो समयमा हेलिकप्टरबाट पनि एबिसि जानेको संख्या ह्वातै बढेको छ।
https://www.youtube.com/watch?v=ZBEfiDSHcMg&feature=youtu.be