नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१६ को तुलनामा देशभित्रै एकठाउँबाट अर्को ठाउँमा हवाईजहाजमार्फत यात्रा गर्नेहरुको संख्या बढेको छ।
जनवरीदेखि अक्टोबरसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी अर्थात १९ लाख ९२ हजार ९०३ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक(डोमेस्किट) टर्मिनलबाट यात्रा गरेका छन् जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो।
देशभित्रको सडक यातायातको दुरावस्था, नेपालीको जिवनस्तरमै बृद्धि, चुनावजस्ता कारणले हवाई यात्रुको. संख्या बढेको अधिकारीहरु बताउछन्।
फिक्स्ड र रोटर विंग गरी १९ वटा सेवाप्रदायकले हवाई यातायात सेवा दिइरहेका छन्। तर सबैभन्दा बढी चाप भएको काठमाडौंको त्रिभुवन विमानस्थलको पूर्वाधार अपुग बन्दै गएको छ भने अन्यत्रका विमानस्थलको पनि पूर्वाधार समयअनुसार सुदृढ भएको छैन।
कतिपय धावनमार्ग कालोपत्रे भएको वर्षौ भएपनि हवाई सेवा भने पुगेको छैन। देशभर कूल ५० विमानस्थल छन् त्यसमा जम्मा ३३ वटामात्र संचालनमा रहेका छन्।
यो बीचमा काठमााडौं बाहेक विराटनगर, पोखरा, नेपालगंज, भैरहवा विमानस्थल हव हुन् जहाँबाट काठमाडौं बाहेकका विमानस्थलमा उडान हुनेगर्छ।
प्राधिकरणकाअनुसार योबीचमा विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या यसअनुसार छः
पोखराउडान÷अवतरणः २८१०६
यात्रुः ३७३४०३
विराटनगरउडान÷अवतरणः ८२९०
यात्रुः ३७१०४२
नेपालगंजउडान÷अवतरणः ११७६६
यात्रुः ३०७८२९
गौतमबुद्धउडान÷अवतरणः ६४७९
यात्रुः २४२३४३
चन्द्रगढीउडान÷अवतरणः ३७४८
यात्रुः १५९३८८
भरतपुर उडान÷अवतरणः ६६५८
यात्रुः १३६१२१
लुक्लाउडान÷अवतरणः २०६४६
यात्रुः १०५३०८
सिमरा उडान÷अवतरणः ४६७६
यात्रुः ८८७७१
सिमिकोट उडान÷अवतरणः १३२९६
यात्रुः ६३३३५
जनकपुरउडान÷अवतरणः१८२२
यात्रुः ५५०३७
सुर्खेत उडान÷अवतरणः १५२१३
यात्रुः ३७०१५
जोमशोम उडान÷अवतरणः २७२६
यात्रुः ३५४७
तुमलिङटार उडान÷अवतरणः १४९४
यात्रुः २८४७७