महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
शनिबार दिउँसो सार्वजनिक अन्तिम मतरिणाममा माओवादी केन्द्रका उम्मेदवार विदुर कार्की ९१८७ मत पाएर मेयरमा विजयी भएका हुन्। उपमयेरमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतम ८८३७ मत ल्याएर विजयी भइन्।
मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रल्हाद क्षेत्रीले ८१७९ मत पाए भने उपमेयरमा कांग्रेसकै तारादेवीले ७०२३ मत ल्याइन्।
१४ वडा रहेको बर्दिबास नगरका १ देखि ११ वडासम्मको मत गणना हुँदा कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका थिए। १२ नम्बर वडाको मतगणनापछि माओवादी उम्मेदवारले अग्रता लिएका थिए।