जिल्लामा सञ्चालित कर्णाली रोजगारी कार्यक्रमबाट प्राविधिक र कर्मचारीले मागसहित कमिसन लिने गरेको खुलासा भएको छ। आर्थिक बर्ष ०७३, ७४ मा सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासँग खुलेआम कमिसन लिने गरेको खुलेको हो । यो खबर कृष्ण ओलीले आजको नागरिकमा लेखेका छन्।
कार्यक्रम कर्णाली क्षेत्रसँग जोडिएका उत्तरी क्षेत्रमा सञ्चालन भईरहेको छ। योजना पार्ने र प्राविधिक खर्च अनिवार्य दिने सर्तमा कमिसन लिएको उपभोक्ता समितिले बताउने गरेको छ। यो वर्ष १४ आयोजनाका लागि ४ करोड रूपैयाँ छुट्ट्याइएको थियो।