सरकारी कर्मचारीले अनिवार्यरुपमा स्वास्थ्य बीमा गर्नुपर्ने व्यवस्थासहितको स्वास्थ्य सेवा विध्येक पारित भएसँगै सरकारी सेवामा आबद्ध सबै कर्मचारीले बीमा गर्नुपर्ने भएको छ। याे खबर प्रशान्त वलीले अाजकाे नेापल समाचारपत्रमा लेखेका छन्।
स्वास्थ्य बीमाका लागि सरकारले चालु वर्षमा २ अर्ब रुपैयाँ बिनियोजन पनि गरिसकेको छ। जसमा ५१ करोड विपन्न परिवारको लागि खर्च गरिने छ।
८० हजार निजामति, २ लाख शिक्षक १ लाख प्रहरी गरी पाँच लाखको स्वास्थ्य बीमा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ।