कांग्रेसले विजयकुमार गच्छदार नेतृत्वकोे तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेता÷कार्यकर्तालाई एक महिनाभित्र कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने र समायोजनका बाँकी कार्यलाई एक महिनाभित्र पूरा गर्ने जनाएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
२९ असोज ०७४ मा लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकृत भएको थियो । निर्वाचनका वेला अन्य पार्टीको क्रियाशील सदस्यता परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूलाई पनि क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीका रूपमा प्रस्ताव गर्दै छन् । सहमहामन्त्रीका लागि अर्का नेता मानबहादुर विश्वकर्माको नाम पनि चर्चा छ ।
देउवाले महतलाई नै बनाउने तयारी गरेको उनीनिकट स्रोतको दाबी छ । निधि, खड्का र महत तीनैजना देउवानिकट हुन् । निधि कांग्रेस फुटेर बनेको कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री थिए । एकता भएपछि पनि उनी महामन्त्री भए । अर्का नेता खड्का पूर्वसहमहामन्त्री हुन् ।