यातायात व्यवस्था विभागले १२ डिग्री उकालो नचढे कुनै पनि विद्युतीय सवारी दर्ता गर्दैन । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
सवारी परीक्षण केन्द्र टेकुले विद्युतीय सवारीको उकालो चढ्ने क्षमता परीक्षण गर्न कपनस्थित सेतो गुम्बाको उकालो चढाउने गर्छ ।
देशका सबै राजमार्ग र सडक निर्माणको राष्ट्रिय मापदण्ड भने १० डिग्रीभन्दा बढी उकालो हुन नहुने भए पनि विभागले १२ डिग्री उकालो चढ्ने विद्युतीय सवारीमात्र काठमाडौंका सडकमा गुड्न लायक मान्छ र दर्ता गर्छ ।