नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विधालयले मनपरि शुल्क असुलिरहेको समाचार नागरिक दैनिकले छापेको छ। शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानिय सरकार एकअर्कालाई देखाएर पन्छीएपछि निजी विधालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेको समाचारमा उल्लेख छ।
नयाँ शेक्षिक सत।रका लागि स्थानिय सरकारले शुल्क निर्धारण प्रक्रिया अघि नबढाएपछि निजी विधालय सञ्चालकले मनोमानी ढंगले शुल्क निर्धारण गरिरहेको नागरिकमा समाचार छ।
अधिकाशं नाम चलेका र ठूला भनेका स्कूलले आधा लाख रूपैयाँको हाराहीमा असुली रहेका छन्। काठमाडौंमा रहेको 'पठशाला' स्कूलले कक्षा एकमा भर्नाका लागि ८८ हजार रूपैयाँ तोकेको छ।
पाठशालाले १ को शिक्षण शुल्क ९ हजार र मासिक शुल्क १३ हजार लिने निर्णय गरेको छ। त्यस्तै त्रियोग स्कूलको केजी तहमा भर्ना गर्दा एकमुस्ट ७१ हजार १ सय ७३ रूपैयाँ लिन्छ। यस्तै काठमाडौंको मेरेडियन स्कूलले कक्षा एकमा भर्ना शुल्क ४२ हजार ७ सय ८० रूपैयाँ तोकेको छ भने भ्याली भ्यूले ३७ हजार ५ सय ७५ रूपैयाँ लिने गरेको छ।
यस्तै राइ स्कूलले १ कक्षामा ४२ हजार ६ सय तोकेको छ भने ग्यालेक्सी पब्लिक स्कूलमा १ कक्षामा भर्ना हुन ५९ हजार ४५ रूपैयाँ तोकिएको छ।