प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएको समाचार नागरिक दैनिकमा छापिएको छ। सांसद दिलेन्द्रप्रसाद बडुले फागुन ७ गते प्रजातन्त्र दिवसमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरिएकोमा आपत्ति जनाएका छन्। उनले यसलाई षड्यन्त्रपूर्वक हटाइएको बताए।
समाचारमा सांसद अनिलकुमार झाले सरकारले छठ पर्वको बिदा कटौती गरेकोमा आपत्ति व्यक्त गरेको समाचार प्रकाशित छ। उनले गजेन्द्रनारायण सिंहले छठ पर्वमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै कडा संघर्ष गरेर स्थापित गराएको बताए।
सांसद दुर्गा पौडेलले प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था राखेर कानुन निर्माण गर्नुपर्ने बताइन्। सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकासको रकम ३ करोडबाट बढाएर १० करोडपु¥याउनुपर्ने बताए।
सांसद प्रेम सुवाल राष्ट्रपतिको सवारी हुँदा सडक अस्तव्यस्त हुने गरेको भन्दै यस्ता आधारभूत कुरामा ध्यान दिन सरकारसँग माग गरे।
राष्ट्रियसभा सांसदहरूले महिला हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न नसकिएको बताएका छन्। सांसद विमला गौतमले अहिले पनि समाजमा बलात्कारका घटना बढिरहेकोबताइन्। यस्ता घटना नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने उनले बताइन्।