चोरी गरेको धनले कति दिन पुग्ला ? दुई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ– केही दिन, केही महिना वा केही वर्ष । तर अचम्म † कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षाैंदेखि । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्काे आश्चर्य, चोर श्रीमान्लाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् । -
श्रीमान् छुटाउन मध्यरातमा पैसा बुझाउन आउने महिला पक्राउकाभ्रे स्थायी घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्काे कुनै छैन । पाकेटमारका रूपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ । पाकेट मारेकै भरमा उनले करोडौं सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ तर पेसा भने उही पकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।
यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसका यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई गौशाला प्रहरी वृत्तमा लगियो । उनलाई सामान्य पाकेटमार भनेर चिन्दै आएको प्रहरी त्यतिबेला छक्क प¥यो, जब उनीसँग काठमाडौंमा आफ्नै घर र गाडीसमेत रहेको खुल्यो । अरू बेला आफ्नै गाडी चढेर हिँड्ने उनी यात्रुको पाकेट मार्नकै लागि सार्वजनिक बसमा चढ्ने गरेको पनि खुलासा भयो ।
बुधबार साँझ यी पाकेटमार लामाले सार्वजनिक बसमा यात्रारत सरोज कार्कीको पाकेटबाट ७५ हजार रुपैयाँ पाकेट मारेका थिए । लामा पाकेटमारीको कथा यत्तिकैमा सकिँदैन । गौशाला प्रहरी त्यतिबेला छक्क प¥यो, जब आफ्नो पाकेटमार पतिलाई छुटाउन उनकी पत्नी आकर्षक रकमको अफर गर्दै प्रहरीसमक्ष पुगिन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार, पाकेटमार लामाकी पत्नी शर्मिला लामा उनलाई छुटाउन ३ लाख रुपैयाँ बोकेर प्रहरीकहाँ पुगेकी थिइन् ।
एसएसपी पोखरेलका अनुसार, शर्मिलाले एक प्रहरी जवानलाई सम्पर्क गरी पति छुटाइदिए ३ लाख रुपैयाँ दिने आश्वासन दिएकी थिइन् । ती प्रहरी जवानले शर्मिलाको प्रस्तावबारे आफ्ना हाकिमलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोली उनको प्रस्तावलाई स्विकार्दै बुधबार राति पौने १२ बजे वनकाली पुगेको थियो, जहाँ शर्मिलाले बोलाएकी थिइन् । शर्मिलालाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको हो ।
‘विवेक लामा यसअघि पनि पटकपटक चोरीको अभियोगमा परेका थिए, चोरीबाटै उनले यति धेरै सम्पत्ति जोडेका छन् भन्ने विषय प्रहरीलाई जानकारी थिएन, अहिले दम्पती नै पक्राउ परेका छन्,’ एसएसपी पोखरेलले भने ।