नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ। भवन निर्माणसम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो।
भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्।
यसरी व्यावसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउनु कानुननको उल्लङ्घनमात्र नभइ प्राकृतिक प्रकोपका बेला असुरक्षित हुने डर पनि रहने जानकारहरु बताउँछन्।
सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन सरचना बनाइएका कारण नक्सापास हुन नसकेको दाबी गरे।