कर्मचारी समाोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालयदेखि संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयसम्मको संरचना स्थायीरूपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
स्थायीरूपमा संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेको काम टुंग्याउँन मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय का मुख्यसचिवको अध्यक्षतमा प्रधानमन्त्री कार्यालयमा सचिवहरूको दिनहुँजसो बैठक बस्ने गरेको छ।
सकेसम्म चाँडै ओएनएमको काम टुंग्याउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणमा संघ र प्रदेशमा रहने मन्त्रालयको संगठन संरचना,संघमा रहने सचिवालय, आयोग, विभाग, कार्यालय वा एकाइ,प्रदेशमा रहने कार्यालय वा एकाइ,स्थानीय तहमा रहने कार्यालय, एकाइ वा सेवा केन्द्र, संघ, प्रदेश र स्थानीय तहको सेवामा रहने सेवा, समूह वा उपसमूह,संघ, प्रदेश र स्थानीय तहको सेवामा रहने श्रेणी, तह वा स्तर, र संघ, प्रदेश र स्थानीय तहमा रहने सेवा, समूह वा उपसमूह तथा श्रेणी, तह वा स्तरअनुसारको संगठन संरचना र कार्यविवरणसहित कर्मचारी दरबन्दी टुग्याउने जिम्मेवारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
सरकार तथा सेवा सञ्चालन गर्ने निकायलेस्वीकृत भएको प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दीमा समायोजन नभएसम्मका लागि कर्मचारी खटाउँदासरकारी सेवाका कर्मचारीलाई कामकाज गर्न खटाउने व्यवस्था नियमावलीमा राखिएको छ।