उपत्यकाका ७८ प्रतिशत घरधनीले बहाल नतिर्ने गरेको पाइएको छ। घरभाडाबापत उठेको रकमको ज्ञद्द प्रतिशत कर स्थानीय तहलाई तिर्नुपर्ने व्यवस्था छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
घरबहाल नतिर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा काठमाडौं, ललितपुर र भक्तपुरका घरधनीले कर तिर्न चासो दिएका छैनन्। यसअघि १० प्रतिशत आन्तरिक राजस्व र दुई प्रतिशत स्थानीय तहले यस्तो कर असुल गर्थे। तर, अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐन २०७४ र महानगरपालिकाको आर्थिक ऐन २०७४ अनुसार पूरै कर अहिले स्थानीय तहमा गएको हो।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरका करिब ३३ प्रतिशतले मात्र घरबहाल तिर्ने गरेको जानकारी दिए। भाडामा बस्ने र घरधनीबीच मौखिक समझदारी भएर भाडा लिनेदिने र बढाइने गरिए पनि लिखित सम्झौता नहुँदा कर उठाउन समस्या भएको उनले बताए।
कानुनी आधारमा रहेर घर बहाल कर उठाउनसक्ने अवस्था नभएको र कतिपय घरधनीले पनि कर नबुझाउने नगरेका कारण असुलीमा समस्या देखिएको उनको भनाइ छ।
पछिल्लो समय महानगर।पालिकामा घर भएका व्यक्ति विशेष जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घरबहाल कर संकलन केही वृद्धि भएको प्रवक्ता कार्कीले जानकारी दिए।